Thursday, February 28, 2008
निर्वाचन तालिका सार्न तीन दलवीच सहमती
२८ फेब्रुअरी, ०८ । मधेशी मोर्चासंगको वार्ता प्रकृया र सहमतिका विषयमा सत्ताधारी मुख्य तीनदलका नेताहरुवीच आज विहान छलफल भएको छ । छलफलमा मोर्चासंग गर्न लागिएको आठवुँदे सहमति र त्यसलाइ कार्यन्वयन गर्न निर्वाचन तालिकामा गर्नुपर्ने परिवर्तन वारे कुराकानी भएको छ । जस अनुसार मधेशी मोर्चालाइ चुनावमा सहभागी वनाउन समानुपातिकको वन्दसुचि पेश गर्न फागुन १८ गते र प्रतक्ष्यका लागि फागनु २१ गतेसम्मको मिति तोक्ने र यसका लागि निर्वाचन आयोगलाइ मन्त्रीपरिषदमार्फत औपचारिक अनुरोध गर्ने सहमति भएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment