नेपालीसेनाको हेलीकप्टर आज बिहान सगरमाथा बेश क्याम्पको कालापत्थर भन्ने ठाउमा दुर्घटनामा परेको छ ।
बिहान काठमान्डौबाट उडेको चिता हेलीकप्टर बिहान १० बजेर ३८ मिनेटमा काला पत्थरमा आपतकालीन अवतरणका क्रममा दुर्घटनामा परेको नेपालीसेनाले जनाएको छ ।
उद्वारका लागी गएको सो हेलीकप्टरमा चालकदलका दुई जना मात्र रहेको र उनिहरु सकुशल रहेको सैनिक जनसम्पर्क निर्देशनालयका तारा बहादुर कार्कीले जानकारी दिनुभयो । उहाका अनुसार सो ठाँउमा थप सम्पर्क हुन नसकेकाले घटनाको पुर्न विवरण आउन बाकी छ ।
Wednesday, February 20, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment