Friday, February 8, 2008

मृगौला काण्डका कुख्यात अपराधी पक्राउ

भारतिय मिडियामा हरर डक्टर उपनाम पाएका डा अमित कुमार नेपालमा पक्राउ परेपछि एकाएक पुन नेपाल विश्वको सन्चारमाध्ययमा छाएको छ । करिव डेढ महिनादेखी फरार रहेका अमितकुमार रावत शुक्रवार चितवनको वाइल्ड लाइफ रिसोर्टवाट पक्राउ परेका थिए ।भारतको हरियाणमा स्टार म्याक्स लाइफ केयर अस्पतालको माध्ययमवाट गैर कानुनी मृगौला प्रत्यारोपण गरेको अभियोग उनीमाथि लागेको थियो । यही सिलसिलामा उनका साथि डा उपेन्द्र पक्राउ परेपछि उनी नेपाल प्रवेश गरेका थिए ।यहीवाट नै भारतिय टेलिभिजन च्यानल र पत्रिकामा नेपाल छाएको थियो । डा अमित नेपालमे । भन्दै उनीहरुले निरन्तर समाचार प्रकाशन प्रशारण गरेका थिए । नेपाललाइ शुरक्षित थलोको रुपमा उपयोग गर्दै क्यानडा जाने सपना सांचेका उनी एकाएक प्रहरीको चंगुलमा फसे । निम्न आर्थिक स्रोत भएका भारतिय नागरिकलाई न्युन पैसा दिएर मृगौला झिकेर विदेशी नागरिकलाइ बेच्ने गरेको भारतिय प्रहरीको दावा रहंदै आएको छ ।भारतका न्युन आय भएका भारतीयहरु डा अमित कुमारको चंगुलमा फसेका छन भने अब नेपाल कसरी यसमा अछुतो रहनसक्छ र । उनको चंगुलमा नेपाली पनि फसेका छन भन्ने ठोकुवाका लागि थप प्रमाणको आवश्यकता समेत पर्दैन ।काभ्रेको होक्से गाउंवासि एक मृगौले भएको समाचार धेरै अगाडि नै प्रकाशमा आएको हो नै । त्यसका अधिकांशवासिले भारत गएर आफ्नो एउटा मृगौला वेचेका थिए । त्यसैले होक्से गाउंको नाम नै मृगौला विहिन गाउंको रुपमा चिनिएको थियो एक पटक ।केही समय अगाडि काठमाडौंको जोरपाटीमा रहेको एक कारखाका कामदारले मृगौला वेचेको समाचार पनि आएका नै हुन । त्यसमा पनि अब नेपालमै अस्पताल खोल्न डा अमित ३ पटक नेपाल आएर प्रयास गरिसकेका रहेछन । उनले नेपालमा मृगौला प्रत्यारोपणमा समस्या देखेका भए पक्कै पनि उनी नेपालमा अस्पताल खोल्ने प्रयास गर्दैनथे ।यसको आधारमा पनि भारतियहरु मात्र हैन धेरै नेपाली डा अमितकुमारको चंगुलमा परेको सहजै अनुमान लगाउन सकिन्छ नै । नेपालमा मृगौला तस्करहरुको ठुलै सन्जाल कि्रयशिल रहेको थियो । अब ति सबैको पोल खुल्ने सम्भावना बढेको छ । भारतिय मिडियाहरुले त नेपालका केही मन्त्रीहरु समेत यसमा संलग्न रहेको दावी गर्दै आएका छन । तर सहजै हो भन्ने आधार पनि छैन नेपालका मन्त्रीको व्यबहार हेर्दा हैन भन्ने आधारपनि छैन ।भारतमा मृगौला प्रत्यारोपण कानुनी नै हो । तर त्यसका लागि जसलाइ मृगौला चाहिएको हो उसका लागि उसका आफन्तले मृगौला दिनुपर्ने कानुनी व्यवस्था रहेछ । यदी परिवार वा आफन्त भएन भने मात्र रक्त समुह मिल्ने अन्यले सम्बन्धीत निकायको अनुमति लिएर मृगौला दिन सक्ने प्रावधान भारतमा रहेको छ ।तर अमितले विदेशीका लागि उनले अबैध रुपमा उपचार गर्न आएका विरामीलाइ समेत धम्क्याएर मृगौला निकाल्ने गरेको भारतिय मिडियाहरुले बताएका छन ।आज प्रहरीले उनको बारेमा एक पत्रकार सम्मेलन गरी केही तथ्य सार्वजनिक गरेको छ । त्यही यहां राखेको छु ।कसरी आए अमित नेपालअमित डिसेम्बर ३० २००७ मा क्यानडावाट अबुधावी हुंदै नेपाल आएका थिए । उनी नेपाल आएर एक रात बसेर सुनौली नाका हुंदै पुन भारत गएका थिए ।उनी पुन २६ जनवरी २००८ मा नेपाल फर्किए अनी एक रात होटल र् याडिसनमा बसे । भारतका सबै सन्चारमाध्ययमा उनकै तस्विर प्रशारण भइरहेको हुन्थ्यो । उनले आफुलाई काठमाडौंमा अशुरक्षित महसुस गरे अनी लागे चीतवनतिर । चीतवनको वाइल्डलाइफ रिसो्रटमा बसेका उनी होटलको कर्मचारीको सहयोगमा प्रहरीको फन्दामा परे ।किन आए नेपालउनी हरियाणको गुडगाउंमा रहेको अस्पताल बन्द गरेर नेपालमा अस्पताल खोल्ने उद्धेश्यले तीन पटक नेपाल आएका थिए । उनले अस्पतालका लागि उपयुक्त स्थानको खोजी गरिरहेका थिए । उनको भाइ जीवनकुमार रावतले नेपाली साथि पंकज झाले सो कामको जिम्मा लिएका थिए । यस पटक प्रहरीले तिव्र खोजी गरेपनि नेपाल हुंदै क्यानडा जान पुन नेपाल आएको ।
नेपालीसंगको सम्बन्ध चीनजानरमेश थापा विष्णु खत्रि गिरी दाइ हिरा पुन बाबुराम शेरबहादुर र पंकज झा ।उल्लेखित ब्यक्तिहरु हस्पतालमा कार्यरत कर्मचारीहरु र काठमाडौंमा अस्पताल खोल्नका लागि सहयोग पुर्याउंछु भन्नेहरु ।

No comments: