Saturday, February 23, 2008

माओबादीलाइ एक मधेश एक प्रदेश अमान्य

२३ फेब्रुअरी, ०८ । नेकपा माओवादीले एक मधेश एक प्रदेशको माग स्वीकार्न नसकिने ठहर गरेको छ ।आज विहान बसेको केन्द्रीय सदस्यहरुको अनौपचारिक बैठकले तराईमा आन्दोलन गरिरहेका मधेशी पार्टीहरुको माग अनुसार नया राज्य संरचनामा आत्मनिर्णयको अधिकार सहितको स्वायत्तता स्वीकार्ने तर एक मधेश एक प्रदेश हुन नदिने निश्कर्ष निकालेको छ ।बैठकमा सहभागी नेता दिनानाथ शर्माका अनुसार सातदलको बैठकमा सहभागी नेताहरुले पार्टीको अडान प्रस्तुत गर्नेछन् । बैठकमा संविधानसभा चुनावका लागि समानुपातिक र प्रत्यक्ष तर्फको उम्मेदवार सूची बारे छलफल भएको थियो । नेकपा माक्र्सवादीसाग भर्खरै एकीकरण भएको र अरु पार्टीसाग पनि सहकार्यको गृहकार्य भइरहेकोले निर्वाचन आयोगमा पेश भएको बन्द सुची संशोधन गर्नुपर्ने नेताहरुले बताएका थिए ।

No comments: