Sunday, February 10, 2008

मजुवा जङ्गल क्षेत्रमा मानव हड्डी फेला

रसुवा, २६ माघ । दक्षिणी रसुवाको लहरेपौवा वडा नं. ४ मजुवा जङ्गल क्षेत्रमा मानव हड्डी फेला परेको छ । प्रहरी नायव उपरीक्षक सुदीप राजभण्डारीका अनुसार शुक्रबार बिहान फेला परेको उक्त मानव हड्डी परीक्षणका लागि धुञ्चे जिल्ला अस्पताल ल्याइएको छ । आकासे रङ्गको फुल र्सट तथा खैरो रङ्गको पाइन्ट र कम्मरमा कालोपेटी लगाएकै अवस्थामा स्थानीय घाँसे दाउरेले भेटेपछि उनीहरुले टेलिफोनमार्फ इलाका प्रहरीलाई खबर गरेका थिए । सो मानव हड्डी कस्को हो भन्ने थाहा हुन नसकेको हुँदा कोही हराएको भए तुरुन्त प्रहरीलाई खबर गरी अनुसन्धान कार्यमा सहयोग पुर्‍याउन प्रहरीले आग्रह गरेको छ ।

No comments: