Monday, February 25, 2008

डोटीमा वस दुर्घटनाहँदा तीनको मृत्यु

२५ फेब्रुअरी, ०८ । डोटीको रुवस डाँडामा गएराती एक यात्रुवस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै ज्यान गएको छ । दार्चुलावाट आउँदै गरेको म १ ख ५६९४ नम्वरको वस राती करिव एक वजे दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । अहिलेपनि सो क्षेत्रमा उद्दार कार्य जारी रहेको छ । मृत्यु हुनेमा लवदेव पन्त र नवराज भट्टको पहिचान खुलेको वताइएको छ ।

No comments: