Sunday, February 10, 2008
दलहरुलाइ ३ दिने अल्टिमेटम
१० फेब्रुअरी, ०८ । प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले ३ दिन भित्र राजनितिक ब्यवस्थापन नभए संविधान सभाको निर्वाचन गर्न अप्ठ्यारो पर्ने वताउनुभएको छ ।ब्यवस्थापिका संसदको संविधान सभा निर्वाचन अनुगमन एवं ब्यवस्थापन बिशेष समितिका पदाधिकारीहरुसंगको छलफलमा पोखरेलले निर्वाचनको लागि अझै केही राजनैतिक जटिलता देखिएको भन्दै जटिलतालाइ पर्सीसम्म हल गरिसक्नुपर्ने वताउनुभयो । उहाले बिशेषगरी मधेस समस्याको तीन दिनभित्र निकास खोज्न आग्रह गर्नुभयो ।छलफलमा पोखरेलले ६० जिल्लामा निर्वाचन सामाग्री पठाइसकिएको र ८ जिल्लामा पठाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो । छलफलमा सभामुख सुभाषचन्द्र नेम्वाडले निर्वाचनको जस्तोसुकै अवरोध पन्छाउन संसदले पहल गर्ने भएकोले आयोगलाइ ढुक्क भएर काम गर्न आश्वस्त पार्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment