Saturday, February 16, 2008
भक्तपुरमा आज पनि बिहानै देखि प्रदर्शन
१६ फेब्रुअरी, ०८ । हत्याको बिरोधमा भक्तपुरमा आजपनि बिहानै देखि प्रदर्शन भइ रहेको छ । भक्तपुर मंगलाछेका कृष्णप्रसाद सुवालको बुधवार राती हत्या भएकोमा हत्यामा संलग्नलाइ कारवाही गर्नु पर्ने माग गर्दै मृतकका आफ्न्तजन र स्थानीय बासीन्दाले बिहानै देखि प्रदशन शुरु गरेका हुन ।भक्तपुरको सल्लाघारी, सूर्यबिनायक, कमलबिनायक लगायतका ठाउँमा प्रदर्शन भइरहेकाले अहिले भक्तपुरको अरनिको राजमार्गमा कुनै पनि गाडी चलेका छैनन् । अहिले भत्तपुरको दुधपाटीमा यातायात मजदुर र प्रहरीबीच दोहोरो झडप भइरहेको छ । हिजो बिहानदेखि भएको प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले नगर क्षेत्रमा हिजो साँझ ७ बजेदेखि बिहान ४ बजे सम्म ९ घण्टे कर्फयु लगाएको थियो । प्रसासनले लगाएको कर्फयु हटे लगत्तै फेरी बिहानदेखि भक्तपुरका बिभिन्न ठाउँमा प्रदर्शन शुरु भएको हो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment