Tuesday, February 12, 2008

विदेश गएको ८० वर्षपछि किरिया

२० वर्षको उमेरमा विदेशमा काम गर्न गएको एक नेपालीको ८० वर्षपछि किरिया भएको समाचार छ । म्याग्दीको बाबियाचौरका एक ब्यक्ति विदेश गएको ८० वर्षमा पछि घर फर्किएनन । उनी अहिलेसम्म जीवीतै रहेको भए उनको उमेर एक सय वर्ष पुग्थ्यो ।उनको नाम रहेछ अग्निधर उपाध्याय । उनी रोजगारीको लागि भारत गएको राससको समाचारमा उल्लेख छ ।विदेशिएको ८० वर्षसम्म पनि घर नफर्केपछि उनका भतिजा सोही ठाउँका शशीधर उपाध्यायलॆ शनिबार हिन्दु संस्कारअनुसार काजकिरिया सम्पन्न गरेको समाचारमा उल्लेख छ । हिन्दु संस्कारअनुसार बेखबर भएकाको उमेर १०० वर्ष पुगेपछि काजकिरिया गर्ने गरिन्छ ।

No comments: