Wednesday, February 13, 2008
मधेसमा राजतन्त्रले फाइदा उठाउने
माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले मधेसका अधिकांश माग पूरा भइसकेकाले अनावश्यक माग तेर्स्याएर आन्दोलन गर्नुले राजतन्त्रलाई फाइदा पुर्याउने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले राजधानीमा आयोजित महिला सहभागिता नामक कार्यक्रममा बोल्दै नेता भट्टराईले मधेसका बाँकी माग संविधानसभाले पूरा गर्ने भएकाले मधेसमा आन्दोलनरत सबैले चुनावमा भाग लिनुपर्ने बताउनुभयो । उता संयुक्त मधेसी लोकतान्त्रिक पार्टीले फागुन १ देखि आह्वान गरेको आम हड्ताल सफल पार्न मङ्गलबार वीरगञ्जमा मोटरसाइकल र्यालीको आयोजना गर्यो। आन्दोलन सफल बनाउन विभिन्न स्थानमा मसालजुलुस गर्ने पनि जनाइएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment