मधेशी मोर्चासँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको एमाले महासचिव माधवकुमार नेपालले बताएका छन् ।
१० फाल्गुण २०६४ १४:०७ मा पोष्ट गरिएको
प्रिन्ट ईमेल सम्पादकलाई चिट्ठी अक्षरको आकार:
एमाले महासचिव माधवकुमारले मधेशी मोर्चासँगको वार्ता सकारात्मक दिशामा गइरहेको बताएका छन् । पार्टीसम्बद्ध ६८ वर्षीय कलाकार रमेश अर्यालले मेची-महाकाली साइकल यात्रा सुरु गर्न लागेको अवशरमा फागुन १० गते एमाले केन्द्रीय बल्खुमा आयोजित कार्यक्रममा बोल्दै नेपालले मधेशी मोर्चासँगको वार्ता सकारात्मक दिशामा अघि बढनाले संविधानसभा चुनावका लागि अनुकुलता सिर्जना भएको उल्लेख गरे । श्रोतहरुले मोर्चा र सरकारबीच आज हुने वार्ताले निश्कर्ष निकाल्न सक्ने बताएका छन् ।
यसैबीच, हिमालखबर डट कमसँग कुरा गर्दै मोर्चाका वार्ताकार महेन्द्र राय यादवले वार्ता सकारात्मकरुपमा अघि बढेको पुष्टि गरेका छन् । यद्यपि, यादवले कुन मुद्धामा को कति लचकदार भएको भने खुलाएनन् । २० प्रतिशतभन्दा बेशी उमेदवारी दिनेले समावेशी सिद्धान्त अपनाउनुपर्ने अहिलेको ब्यवस्था परिवर्तन गरेर ३० प्रतिशतमा पुर्याउनेमा सहमति हुने सम्भावना रहेको श्रोतहरुको दावी छ ।
Friday, February 22, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment