Tuesday, February 26, 2008

उम्मेदवारको नामावली आज सार्वजनिक गरिने

२६ फेब्रुअरी, ०८ । निर्वाचन आयोगले संविधानसभा चुनावका लागि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत सोमबार देशभर दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशित गर्दैछ ।प्रकाशित उम्मेदवारीका सम्बन्धमा भोलि १५ गते उजुरी हाल्न सकिने, १६ गते छानबिन हुने, १७ गते उम्मेदवारी फिर्ता लिने समय आयोगले तोकेको छ । आगामी १८ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित गरिने र १९ गते चुनाव चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । सोमबार काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा गरी २२१ र ललितपुरमा ५६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । देशभरि २४० निर्वाचन क्षेत्रमा २ हजार २ सय ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

No comments: