Monday, February 25, 2008

उम्मेदवारी दिने क्रम जारी, तराइका बिभिन्न ठाउँमा झडप

२५ फेब्रुअरी, ०८ । बाजागाजा र जुलुस सहित दलहरुले संविधानसभा चुनावको प्रत्यक्षतर्फ दलहरुले देशभरि उम्मेदवारी दर्ता गराइरहेका छन् ।प्रत्यक्ष चुनाव प्रणाली अन्तरगत २ सय ४० चुनाव क्षेत्रमा उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ ।दलहरुले बेलुकी ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन् । नेकपा एमालेका महासचिव माधवकुमार नेपालले काठमाण्डू क्षेत्र नबंर दुइबाट उम्मेदवारी दिनुभएको छ भने माओवादी अध्यक्ष प्रचण्डले क्षेत्र नंबर १० बाट उम्मेदवारी दिनु भएको छ । यसैबीच तराइका केहि जिल्लाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । कतिपय ठाउँमा मनोनयन विथोल्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, संघीय गणतान्त्रिक मोर्चा र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दर्जनौं घाइते भएका छन् । कडा सुरक्षा घेराबीच दलहरुले सिरहा, र्सलाही, रौतहट, बारा, मोरङ, सुनसरी लगायत तर्राईका जिल्लामा उम्मेदवारी दर्ता गराइरहेका छन् ।

No comments: