Tuesday, February 12, 2008

हुम्लामा मट्टीतेललाई २००

सिमकोट -हुम्ला, माघ २८ - ढुवानी भाडा वृद्धिपछि हुम्लामा र्सवसाधारणले धान्न नसक्ने गरी उपभोग्य सामानको मूल्य बढेको छ ।
यहा“ मट्टीतेल प्रतिलिटर २ सय रुपैया“ पर्छ भने चिनीका लागि प्रतिकिलो १ सय ३० रुपैया“ तिर्नुपर्छ । मट्टीतेल स्थानीय बासिन्दाले उपभोग गर्न नसक्ने भएकाले सरकारी वा गैरसरकारी संघसंस्थाका अधिकारीले मात्र सीमित प्रयोग गर्छन् । उज्यालोका लागि र्सवसाधारण दाउरा बाल्न बाध्य छन् ।
हवाई यातायातबाहेक अर्काे विकल्प नभएको जिल्लामा मट्टीतेल हवाईजहाजले ढुवानी नगर्ने भएकाले मूल्य उच्च भएको हो । हवाईजहाजले ढुवानी गर्ने अन्य दैनिक उपभोग्य वस्तु पनि सस्ता छैनन् ।
स्थानीय व्यापारी बजारमा चिनीको मूल्य अझै बढ्ने बताउ“छन् । हवाई भाडा बढेकाले एक्कासि मूल्य बढाउनुपरेको व्यापारीको धारणा छ । 'हामीले निर्ण्र्ाागरेर बढाएको होइन, हवाई भाडा बढेपछि आफैं मूल्य बढेको हो,' हुम्ला उद्योग व्यापार संघका सचिव लालचन्द ढकालले भने ।
चिनी र मट्टीतेलमात्र होइन हरेक सामानको मूल्य गत दसैं अगाडिदेखि बढेको छ । 'ढुवानी बढेकाले मैले कपडाबाहेकका सबै सामानको मूल्य बढाएको छु । जहाज पनि भनेको समयमा उडान हु“दैन,' स्थानीय व्यापारी र्सवजित गौचन भन्छन्- 'विकल्पका लागि हेलिकप्टरमा ढुवानी गर्नर्ुपर्छ । हेलिकप्टरले झनै प्रतिकिलो १ सयभन्दा बढी लिन्छ ।'
जहाज कम्पनीले भने करिब २ महिना अगाडि भाडा बढाएका थिए । यसपछि हुम्लामा मट्टीतेललगायत उपभोग्य सामानको मूल्य बढेको हो । पहिले हवाई ढुवानी नेपालगन्जदेखि हुम्लासम्म प्रतिकिलो ६३ थियो, अहिले ७८ पुगेको छ ।
बजारमा मैदा र चिउरा प्रतिकिलो १ सय ३०, खाने तेल प्रतिलिटर १ सय ५०, लुगा धुने नांगो साबुन प्रतिगोटा २५ पुगेको छ । 'यही अनुपातमा सबै दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ,' गौचनले भने ।

No comments: