Monday, February 25, 2008

एक मधेशको विरोधमा तराइभर विरोधसभा

२५ फेब्रुअरी, ०८ । थारु कल्याणकारी सभाले समग्र मधेश एक प्रदेशको विरोधमा आज तराइका सवै जिल्लाहरुमा कोणसभाको आयोजना गर्दैछ ।संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले सवै तराइलाइ एक प्रदेश मान्न माग गरेपछि सभाले थारुहरु मधेशी नभएको भन्दै विरोध जनाएका हुन् । संयुक्त थारु मुक्ति मोर्चाले पनि विरोधमा ऐक्यवद्धता जनाएको छ । यसअघि थारुहरुले हिजो काठमाण्डौमा थारुहट राज्यको माग गर्दै धर्ना र प्रदर्शन गरेका थिए ।

No comments: