Sunday, February 17, 2008

रात्रिबजारलाई हटाइयो

काठमाडौँ, ५ फागुन । काठमाडौँ दरबारक्षेत्र संरक्षण तथा व्यवस्थापन महासमितिले काठमाडौँ महानगरपालिकाद्वारा हनुमानढोका दरबारक्षेत्रमा सञ्चालित रात्रिबजारलाई स्थानीय बासिन्दाको अनुरोधमा सञ्चालकसँगको सम्झौता रद्द गरी पुर्ण रूपमा हटाएकोमा महानगरपालिकाप्रति हार्दिक आभार व्यक्त गरेको छ ।सो महासमितिले एक विज्ञप्ति प्रकाशित गर्दै सो ऐतिहासिक क्षेत्रभित्र र उक्त क्षेत्रभित्र पर्ने महानगरपालिका, वडा नं. १९, २९, २३ र २५ मा रात्रिबजार वा अन्य कुनै पनि किसिमका फुटपाथजन्य पसलहरू अबदेखि राख्न नदिने र ऐतिहासिक धरोहरको संरक्षणको निम्ति त्यस प्रकारका कार्यहरू निषेधित गर्ने निर्णय पनि सम्बन्धित वडाका सङ्घसंस्था एवम् राजनीतिक दल इकाईका प्रतिनिधिहरूको संयुक्त भेलाले र्सवसम्मत रूपमा गरिसकेको जनाइएको छ ।

No comments: