सरकारले कोरिया जान चाहाने नेपालीका लागी १ लाख भन्दा कम रुपियाँमा पठाउने तयारी गरिहेको छ ।
यसअघि सरकारले १ लाख ४ हजारमा कोरिया पठाउने घोषणा गरेको थियो । एम बहादुर के.सि.ले लेख्नु भएको सजिलौ सिकौ कोरियन भाषा पुस्तकको विमोजन कार्यक्रममा श्रम तथा रोजगार प्रवद्धन विभागका महानिर्देशक केसर बानियाले कोरिया जाने नेपालीका लागी सरकारले सकेसम्म सस्तो शुल्कमा पठाउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले आगामि मार्च १, ८ र १५ मध्ये कुनै एक दिन कोरियन भाषाको जाँच लिने जानकारी दिनुभयो । पुस्तकको विमोचन गर्दै भूमिसुधार तथा ब्यावस्था मन्त्री जगतबहादुर वोगटीले कोरियन भाषमा निस्कीएका यस्ता पुस्तकले सजिलो बनाउने बताउनु भयो । उहाँले संविधान सभाको चुनाव चैत २८ गते नै सम्म गर्ने गरी सरकार गृहकार्यमा लागी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाले कोरियन भाषा सम्बन्धि यस्ता पुस्तक पढ्न आग्रह गर्दै कोरियन भाषा सकिने त्यहाँ गइसकेपछि काम गर्न सजिलो हुने बताउनु भयो ।
Wednesday, February 13, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment