Saturday, February 23, 2008
पोखरामा व्याट्रीबाट चल्ने सुपर बाइक
पोखरा, १० फागुनर्/पर्यटकीय पोखरामा प्रदुषणरहित बाइक बजारमा आएको छ । सुपर बाइक नाम दिइएको उक्त बाइक रिर्चाजवल ब्याट्रीबाट चल्छ । झट्ट हेर्दा साइकल जस्तो देखिने उक्त बाइकको अधिकृत विक्रेता भने जेनेक्स टे्रडसले बजारमा ल्याएको हो । विना पेट्रोल चल्ने भएकोले र्सवसाधारण यसप्रति आर्कषित हुदै गएका छन् । व्याट्री चार्ज गरेपछि बाइक प्रति घन्टा ४० देखि ५० किलोमिटर गुडने जनाइएको छ । व्याट्रीको चार्ज सकिएपनि साइकल झैं पाइडल घुमाएर गन्तव्यस्थलसम्म पुग्न सकिने छ।बाइकमा डिस बे्रक समेत जडान गरिएको छ । बाइकको १ सयदेखि १ सय ३० केजीसम्म भार क्षमता भएको ट्रेडर्सले जनाएको छ । सवारी प्रदुषण रोक्नका लागि बजारमा ल्याइएको सुपर बाइकको नेपाली मूल्य ३३ हजार ५ सय रहेको छ । पाँच रुपैयामा ५० किलोमिटरसम्म चल्ने बाइकको नेपालमै स्पेयर पार्टस जडान गरिने जेनेक्स टे्रडसका प्रोपाइटर नवीन पौडेलले बताए । पोखराको चिप्लेढुङास्थित आर के विल्डिङमा सुपर बाइकको डिलर रहेको छ । सुन्दर सफा स्वच्छ शहरको परिकल्पना गरी निर्माण गरिएको बाइकको विना लाइसेन्स, बिना पेट्रोल, विना दर्ता चलाउन पाइन्छ । बजारमा आएलगत्तै उपभोक्ताहरु बाइकप्रति आकषिर्त भएको ट्रेडर्सको दावी छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment