Wednesday, February 27, 2008
तेल नपाएपछि राजधानीमा प्रदर्शन
२७ फेब्रअरी, ०८ । सर्बसाधारणलाई बेवास्ता गर्दै बिचमा ठूलाबडा मान्छेलाई तेल बितरण गरेको भन्दै आज विहान राजधानीका केही स्थानमा प्रदर्शन भएका छन् । प्रहरीको पेट्रोल पम्प रहेको नक्सालमा लाईन वसेका सर्वसाधारणलाई वेवास्ता गर्दै वीचमा 'आफ्ना मान्छे' लाई तेल दिएको भन्दै सर्वसाधारणले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले केहीबेर सवारी साधन सडकमा तेर्साएर आवागमन अवरुद्ध गरे । यसैगरी वालाजु नयाँ वसपार्कक्षेत्रमा पनि यातायात मजदुरहरुले तेल नपाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आफ्ना सवारीलाई सडकमा राखेर यातायात अवरुद्ध पारेका छन् । बिभिन्न बाहानामा राजधानीमा सजिलैरुपमा सर्बसाधारणले तेल पाउन छाडेको करिब एक महिनानै भईसके पनि समस्या समाधानको साटो झन् कठीन हुँदै गएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment