Tuesday, February 5, 2008

राजमार्गमा आज देखी प्रहरी परिचालन

बन्दले प्रभावित पुर्वि क्षेत्रमा यातायाता आवागमन सहज बनाउन प्रशासनले आज देखी राजमार्गमा प्रहरी परिचालन गरेको छ ।
कार्यकर्ता रिहाईको माग गर्दै संघिय लिम्बुवान राज्य परिषदले अस्ति देखी पुर्वका ९ जिल्लामा यातायात अवरुद्व पार्दै आएको छ ।
बन्दले जनजिवन कष्टकर बनेपछि प्रहरी प्रशासन, दल तथा यातायात व्यवसायी विच हिजो अवेर भएको छलफलले राजमार्गमा प्रहरीको स्कटिङ गर्ने निर्णय गरेको हो । अहिले ईटहरी देखी पढरिया,उर्लाबारी तथा विर्तामोड सडक खण्डमा सशक्त प्रहरीको गस्ति व्यापक बनाईएको छ ।
पुर्व पश्चिम राजमार्गले छोएका सुनसरीको ईटहरी देखी पुर्वि क्षेत्रमा प्रहरीलीप्रहरीले आज विहानै देखी पश्चिमबाट गएका यात्रुवाहक तथा मालबाहाक सवारी साधनलाई स्कटिङ गरी गन्तव्य पुर्‍याईएको प्रहरीले जनाएको छ ।

No comments: