Wednesday, February 13, 2008
माओबादीको पहिलो चुनावीसभा राजधानीमा सम्पन्न
१३ फेब्रअरी, ०८ । नेकपा माओवादीले १३ औं जनयुद्ध दिवसको अवसर पारेर आज राजधानीमा बिशाल जनसहभागिताका साथ पहिलो चुनावी सभा सम्पन्न गरेको छ ।सभालाइ संवोधन गर्दै नेताहरुले ११ वर्षसम्म लडेको सशस्त्र युद्धको लक्ष्यलाइ अन्तिम रुप दिन संविधान सभालाइ माध्यम वनाउन आम समुदायलाइ आग्रह गरे । सभालाइ संवोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धले दिन नसकेको अन्तिम धक्का संविधानसभाले दिने भन्दै संविधानभाको चुनावलाइ अन्तिम मुठभेडको संज्ञा दिनुभयो । अध्यक्ष प्रचण्डले ११ वर्षे महान जनयुद्धको जगमा नयाँ नेपालको निर्माण हुन लागेको भन्दै गणतन्त्र, संघीय सासन र समावेशीजस्ता वुलन्द मुद्दाको जन्मदाता जनयुद्ध भएको चर्चा गर्नुभयो । पार्टी शान्तिपूर्ण माध्यमवाट जनयुद्धले तय गरेका एजेण्डा पुरा गराउने अभियानमा रहेको भन्दै शान्तिमार्गमा आएपछि माओवादीले जनताको मन जितेको दावी गर्नुभयो । सभालाइ संवोधन गर्दै माओवादीका वरिष्ठ नेता डा. वावुराम भट्टराइले राजतन्त्रको मृत्यु भइसकेको र चैत २८ त्यसको दाहसंस्कार गरिने दावी गर्नुभयो । राजा चुप लाग्नुको अर्थ मौन स्वीकृति वाहेक अरु नहुने भन्दै उहाँले जनताको चाहना विरुद्ध नवोल्न चेतावनी दिनुभयो । उनी नवोल्दा भ्रम थियो, उनी साँच्चै सुधि्रएकी भनेर- भट्टराइले भन्नुभयो- तर उनको वोलीले उनी अझै मूर्ख रहेछन भन्ने थाहा भयो ।सभालाइ वनमन्त्री मातृका यादव, वर्षमान पुन, जयपुरी घर्ती, तिलक परियार लगायतले संवोधन गरी नयाँ नेपालको प्रथम राष्ट्रपतिको रुपमा प्रचण्डलाइ अघि सारिएको भन्दै त्यसलाइ साकार वनाउन आग्रह गरे । सभामा वोल्ने अधिकांशले वक्ताले जनयुद्धका उपलब्धीलाइ संस्थागत गर्न संविधानसभाको चुनाव आबश्यक रहेकोमा जोड दिए । पार्टीको घोषणापत्र र उम्मेदवार पनि आजै घोषणा गर्ने वताइएपनि वरिष्ठ नेता भट्टराइले प्राविधिक कारणले आज सार्वजनिक गर्न नसकिएको वताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment