Sunday, February 10, 2008

नेपाल वायु सेवा जताततै रद्दैरद्द

काठमाडौं, माघ २६ - अन्तर्रर्ााट्रय उडानका लागि एउटा बोइङमा निर्भर नेपाल वायु सेवा निगमले अरू विमान कम्पनीस“गको प्रतिस्पर्धामा बजार गुमाउ“दै गएको छ ।
निगमले यसै साता काठमाडौं- नया“दिल्ली उडान स्थगन गरेको छ । विगतमा सातामा १४ उडान गर्ने यो सेक्टरमा पछिल्लो समय साताको तीन उडान थियो ।
'दोस्रो जहाज उड्न थालेपछि सुरु गर्ने गरी मार्च २८ सम्मका लागि दिल्ली उडान स्थगित भएको छ,' निगमका एक अधिकारीले भने । १ सय ९० सिट क्षमताको
जहाजमा दिल्ली जाने यात्रु जम्मा आठ जना भएपछि निगमले उडान रोकेको हो । तर भारतको जेट एयरवेजले यो सेक्टरमा साताको १९ उडान गर्न थालेको छ भने एयर इन्डियाले पनि बजार विस्तार गर्दै गएको छ ।
जहाज नभएरै यो वर्षो प्रमुख पर्यटकीय मौसममा निगमले ओसाका उडान गर्न सकेन ।
ट्राभल एजेन्टहरूको विश्वास गुम्दै गएकाले निगमको टिकट खोज्नेहरू कम हु“दै गएको बताउ“छन् । 'एउटामात्र जहाज त्यसको पनि उडानको ठेगान नभएपछि निगमको टिकट बिक्री गर्न कठिन भएको छ,' ओसो ट्राभल्सका प्रबन्ध निर्देशक श्याम थपलियाले भने ।
वैदेशिक रोजगारमा जानेका लागि तुलनात्मक रूपले सस्तो सेवा दिने विमान कम्पनीको प्रवेशले निगमलाई बिर्सर्ाादै गएको छ । खाडी क्षेत्रमा इतिहाद, एयर अरेबिया, गल्फ, यती र कतारले सेवा दिइरहेका छन् । खाडी मुलुकमा अहिले विभिन्न कम्पनीका साताको ४२ उडान छ । यी सेक्टरका प्रमुख यात्रु विदेशमा जाने नेपाली कामदार हुन् ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एलपी सावा लिम्बूले निगमको छवि बिग्रिसकेको बताए । 'राम्रो सेवा र उडानको विश्वसनीयता भएका विमान कम्पनीको टिकट खोज्नु स्वाभाविक हो,' उनले भने ।
सात महिनाअघिसम्म भरिभराउ यात्रु लिएर उडान गर्दै आएको निगमको एकाधिकार रहेका मलेसिया, हङकङ र बैंककमा पनि चर्को प्रतिस्पर्धाले यात्रु घटेका छन् ।
निगमका अर्का एक अधिकृतले भने- 'डिसेम्बरदेखि फेबु्रअरीसम्म अफ सिजन भए पनि यात्रु धेरै घटेका छन् ।' दर्ुइ जहाज हु“दा निगमले सातामा हङकङमा ४, मलेसियामा ५ र दर्ुबईमा ३ र सांर्घाई हु“दै ओसाकामा २ उडान गथ्र्यो । यी सेक्टरमा साताको दर्ुइ उडान छ ।
कडा प्रतिस्पर्धामा जानुपर्ने अवस्था आएको निगमका अधिकारीहरू स्वीकार्छन् । 'प्रतिस्पर्धा चुनौतीपर्ूण्ा हुने अनुमान हामीले पनि गरेका छांै,' निगमका कमर्सियल डाइरेक्टर राजु केसीले भने ।
विश्वसनीयता र नियमितता कायम गर्न यात्रु कम भएका सेक्टरमा उडान स्थगित गरेर अन्यत्र राम्रो सेवा दिने प्रयास गरिरहेको उनले बताए । उडान भएका सेक्टरमा यात्रु कम नभएको दाबी उनको छ । 'दोस्रो जहाज आएपछि बजार पुनः लिन सकिने गरी रणनीति बनाइरहेका छौं,' उनले भने ।
निगमको सेवा अनियमित भएको सात महिनाको अवधिमा मात्र आधा दर्जन विदेशी विमान कम्पनी नेपाल आउन थालेका छन् ।
'निगमको आफ्नै सबल पक्ष छन् तर सुधार गर्दै विदेशी साझेदार भित्र्याएर अघि बढ्नर्ुपर्छ,' पर्ूवपर्यटन सचिव दीपेन्द्र पुरुष ढकालले भने- 'सरकार र निगमले यसलाई बेवास्ता गरेमा निगम ठूलो दर्ुघटनामा पर्न सक्छ ।'

No comments: