राजविराज, फागुन ४ - संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच तनाव बढेपछि सप्तरी कल्याणपुरमा प्रशासनले कफ्यर्ुर्ुगाएको छ । शनिबार सा“झ ६ बजेबाट
आइतबार बिहान ६ बजेसम्मका लागि जिल्ला प्रशासनले कपmयर्ुर्ुादेश जारी गरेेको हो ।
मोर्चाले आफ्ना माग पूरा गराउन चार दिनदेखि तर्राईमा अनिश्चितकालीन बन्द आह्वान गरेको छ । सप्तरीका प्रशासकीय अधिकृत ज्ञानेन्द्र पराजुलीका अनुसार कल्याण गाविस क्षेत्रमा तनाव बढ्दै गएपछि शान्तिसुरक्षा कायम राख्न कफर््यु लगाइएको हो ।
कल्याणपुरअर्न्तर्गत पर्ूवपञ्चिम राजमार्गमा छिटफुट रूपमा चलेका सवारीसाधन प्रहरीले स्कटिङ गरी सञ्चालन गराउने क्रममा पर््रदर्शनकारीस“ग झडप भएको थियो ।
झडपमा फोरमका मुकेश कर्ण्र्ााराधेश्याम यादवलगायत दर्जनभन्दा बढी पर््रदर्शनकारी घाइते भएका छन् । घाइतेको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रहरीले पर््रदर्शनकारी तितरबितर पार्न केही राउन्ड अश्रुग्यास तथा हवाई फायर गरेको थियो । यता संयुक्त थारू मुक्ति मोर्चाका कार्यकर्ता र प्रहरीबीच रञ्जितपुरमा झडप हु“दा आधा दर्जन पर््रदर्शनकारी घाइते भएका छन् । ५ पर््रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको मोर्चाको दाबी छ ।
एम्बुलेन्स तोडफोड
मोर्चाका कार्यकर्ताले लहानबाट बिरामीसहित विराटनगरतर्फजा“दै गरेको एम्बुलेन्स तोडफोड गरेका छन् । बन्दमा चलाएको भन्दै मे१च ७०४ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् ।
सप्तरी, बिसनपुर चोकमा भएको तोडफोडको विरोधमा जिल्लाका एम्बुलेन्स सञ्चालकले सेवा ठप्प गरेका छन् ।
मोर्चाले शनिबार जिल्लामा बैंकबाहेक सम्पर्ूण्ा सरकारी कार्यालय तालाबन्दी गरे । मोर्चामा आबद्ध मधेसी जनअधिकार फोरम, तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीीथा सद्भावना पार्टर्ीीन् । तिनका कार्याकर्ताले सप्तरी जिल्ला प्रशासन, मालपोत, भूमिसुधार, सडक, नगरपालिका, जिविसलगायत कार्यालयमा तालाबन्दी गरेका हुन् । बन्दका कारण शनिबार चौथो दिन पनि जिल्लाका उद्योग, व्यापार र यातायात ठप्प रहे ।
तालाबन्दीपश्चात् आयोजित सभामा महेश यादव, दीपेन्द्र चौधरीलगायतका वक्ताले
सरकारस“ग वार्तामा नफस्न नेतृत्वलाई आग्रह गरे ।
बर्दियामा अवज्ञा
मोर्चा, फोरम र सद्भावनाको बन्द आहवानले बर्दियामा चौथो दिन व्यवसायीले अवज्ञा गरेका छन् । सदरमुकाम गुलरिया नगरपालिका, महम्मदपुर गाविसबाहेक अन्यत्र बन्द निस्प्रभावी रह्यो ।
गुलरिया-नेपालगन्ज सडक खण्डमा यातायात चलेनन् । पर्ूव-पश्चिम राजमार्गमा सवारी सामान्य चले । व्यवसायीले बन्द अवज्ञा गर्दै राजापुर, सानोश्री, बासगढी, भुरीगाउ“लगायतका बजार खुला गराए । यसैबीच नागरिक समाजको अनुरोधमा आइतबारदेखि जिल्लाका सबै शिक्षण संस्था खोल्ने सहमति भएको फोरमका जिल्ला अध्यक्ष्ँ कृष्ण यादवले बताए ।
गोलीले युवक घाइते
बारा- प्रहरी र आन्दोलनकारीबीच शनिबार बिहान बाराको जितपुरमा भएको झडपमा गोली लागी एक युवक गम्भीर घाइते भएका छन् । पर््रदर्शनकारी र प्रहरीबीच तनाव बढ्दै गएपछि बिहान करिब १० बजे प्रहरीको गोलीले जितपुरका २० वषर्ीय मनोज साह -कलवार) घाइते भएका हुन् । पेटमा गोली लागेका साहको प्राथमिक उपचार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भएको छ । अस्पतालले साहलाई थप उपचारका
लागि काठमाडांै रिफर गरेको छ ।
शनिबार बिहानैदेखि टायर बालेर सडक अवरुद्ध गरिरहेका प्रहरी र सडक खुलाउन गएका सशस्त्र प्रहरीबीच बिहान आधा घन्टासम्म ढुङ्गा हानाहानसमेत भएको थियो । यस क्रममा प्रहरीले झन्डै एक सय राउन्ड हवाई फायरसमेत गरको थियो । स्थिति नियन्त्रणमा लिन पथलैयाबाट दर्ुर्ुइ ट्रक सश्ास्त्र प्रहरी आएपछि आन्दोलनकारी केही पछि हटेका थिए ।
आफ्ना साथी गोली लागी घाइते भएपछि आन्दोलनकारीले जितपुरस्थित प्रहरीचौकीका फर्निचर तथा सरसामान सडकमा ल्याएर जलाइदिएका छन् । त्यस्तै जितपुर चोकनजिक रहको सश्ास्त्र
प्रहरीको बिट पनि आन्दोलनकारीले उखेलेका छन् ।
Sunday, February 17, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment