Friday, February 22, 2008

यात्रुवाहक बस मा लुट्पाट

तुलसीपुर -दाङ), १० फागुन । सल्यानबाट दाङको तुलसीपुर्रतर्फ आउँदै गरेको ना.२ख ९६०० नं.का यात्रुवाहक बसलाई गए राति लुटेराहरूले राप्ती राजमार्गअर्न्तर्गत तुलसीपुर नगरपालिका, वडा नं. १ को साततले भन्ने स्थानमा हिजो लुटपाट गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ । सो घटनामा लुटेराहरूले चलाएको गोली लागी चार जना यात्रु घाइते पनि भएका छन् । घाइतेमध्ये एक रुकुममा कार्यरत सेनाका जवान लेखबहादुर दाहाल पनि छन् । उनको दायाँ खुट्टामा गोली लागेको छ । दाहाललाई महेन्द्र अस्पताल, दाङमा सामान्य उपचार गरेपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको बताइएको छ । घटनामा संलग्न अन्य व्यक्तिमध्ये राप्ती बस व्यवसायी समितिका दर्ुइ कर्मचारी र अन्य एक व्यक्ति भने सामान्य उपचारपछि घर फर्केको थाहाभएको छ । लुटपाटमा संलग्न लुटेराहरूको खोजी भइरहेको सो कार्यालयले जनाएको छ ।

No comments: