Monday, February 11, 2008

एसएसपी जबराको अचानक मृत्यु

काठमाडौं, माघ २७ - नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्ष्ँक प्रबलशमशेर जबराको शनिबार राति अचानक मृत्यु भएको छ ।
भोजमा सरिक भइरह“दा जबराको मृत्यु भएको थियो । भोज दरबारका पर्ूवसचिव महेन्द्रविक्रम शाहले विद्यावारिधि गरेको उपलक्ष्यमा आयोजना गरेका थिए । सहभागी सबै गइसकेपछि पनि उनी एक्लै कर्ुर्सर्ीी बसिरहेको देखेपछि आयोजकमध्येका एकले उठाउन जा“दा उनी त्यही“ मृत अवस्थामा भेटिएका थिए । राति साढे १२ बजे वीर अस्पताल पुर्‍याइएका जबराको मृत्यु हर्टअट्याकबाट भएको चिकित्सकले बताएका थिए । जबरा पर्ूवप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दका ज्वाईं हुन् ।जबराको पार्थिव शरीरलाई प्रहरी सम्मानका साथ आइतबार आर्यघाटमा दाहसस्कार गरिएको थियो ।

No comments: