संविधानसभाको निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवारी दिनेहरूको मनोनयन दर्ता गराउने क्रममा तर्राईका विभिन्न जिल्लामा तनाव हुनुका साथै झडपमा दुइ जनाको मृत्यु भएको छ।
स्थानीय संवाददाताका अनुसार सुनसरीको इनरुवामा भएको तनावमा मनोनयन दर्तास्थलभन्दा केही टाढा सिभिल ड्रेसमा रहेका प्रहरी हबलदार शुक्रलाल माझीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। सीमासुरक्षा बल सुनसरीमा कार्यरत रहेका माझीको हत्याको जिम्मेवारी जनतान्त्रिक तर्राई मुक्ति मोर्चा (ज्वालासिंह समूह) ले लिएको छ।
तनाव साम्य पार्न प्रशासनले इनरुवामा सोमबार राति कर्फर्यु आदेश जारी गरेको छ।
सुनसरीकै दुहबीमा थारू कल्याणकारी सभाले एक मधेस एक प्रदेशको विरोधमा सभा गर्न लाग्दा दुइ पक्षबीच झडप हुँदा त्यहाँ पनि प्रशासनले कर्फर्यु आदेश जारी गरेको छ। तनावका बाबजुद दलहरूले उम्मेदवारी भने दर्ता गराएका थिए।
Tuesday, February 26, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment