बन्द भएको त तराइ हो । तर काठमाडौंको हालत हेर्ने हो भने यो पनि बन्द समाननै छ । सडक सुनसान समान छन । करिव ४० प्रतिशत गाडि चलेका छन होला काठमाडौंमा । कसैले काठमाडौं बन्दको आव्हान गरेका छैनन । न कसैले तराइ आन्दोलनमा समर्थन नै गरेका हुन । इन्धन छैन पानीले सवारीसाधन चल्दैन । त्यसैले बन्द समान बनिसकेको छ काठमाडौं । तराइ आन्दोलनले लगभग मुलुक प्यारालाइज्ड बनिसकेको छ । तराइको जनजीवन ठप्प छन । मधेसमा बस्ने पहाडेहरु आक्रमणको डरले घर बाहिर निस्कन नसक्ने अवस्था छ । अनी तराइ आन्दोलनका कारण काठमाडौंसम्म इन्धन आउन नसक्दा उपत्यकाका सडक सुनसान छन । खाद्यान्न सामागि्रको भाउ आकाशिएको छ । तेल छैन मट्टितेल छैन । अब के हुने होला भन्ने पिरले प्रत्येक नेपालीको मनका शन्तोष छैन ।
माधेसको माग सम्बोधनमा सकि्रय देखिएका प्रधानमन्त्री कोइरालाले एक मधेस एक प्रदेश आत्मनिर्णयको अधिकार र राष्ट्र विखण्डनको माग पुरा गर्न नसकिने बताए । यता काठमाडौंमा बसेको सात दलको सर्वदलिय बैठकले मधेस आन्दोलनमा मारिएकाहरुलाई शहिदको बराबरको सम्मान दिने निर्णय गरे ।१० लाख क्षतिपुर्ती दिने निर्णय त यो भन्दा अगाडि नै गरेका हुन । तर त्यसको पालना भयो या भएन थाहा हुन सकेको छैन । तराइ आन्दोलनकोक्रममा मारिएकाको संख्या कत्ति हो अझै एकिन हुन सकेको छैन ।सरकारी तथ्याङ्कमा संख्या २३ छ भने आन्दोलनकारी समुहहरुले ४५ जना रहेको दाबी गर्दै आएका छन् । यही विवाद कायमै रहने हो भने पनि मधेसी पार्टीका लागि आन्दोलन कायमै राख्ने निहुं जीवीतै रहने छ नै ।त्यसमा पनि शहिद नै नभनेर शहिद समान सम्मान भन्ने शब्द प्रयोग गरिएको छ । यसले पनि समस्या समाधानको बाटो पहिल्याउंछ जस्तो लाग्दैन मलाइ । त्यसैले यदी शहिद समान सम्मान दिने हो भने शहिद नै भन्ने के को हिच्किचाहट हो सरकारलाईयस अगाडि तराइका सशस्त्र समुहले मारेका सरकारी कर्मचारीलाई शहिद मानिएको नै हो । त्यसैले तराई आन्दोलनमा मारिएकालाई पनि शहिद घोषणा गर्न कन्जुसाइ गर्नुको कुनै अर्थ छैन ।आत्म निर्णयको अधिकार सहितको संघिय राज्यमधेसमा मारिएकालाइ शहिद घोषणा लगायतका ६ बुंदे माग अगाडि सारेर मधेसका तीन दल फागुन एक गतेदेखी आन्दोलनमा उत्रिएका थिए । तर राज्यले उनीहरुको माग सम्बोधन गरेन । समस्याको विउ यही नै हो । यसैको आधारमा उनीहरुले जनसमर्थन लिने प्रयास गरिरहेका छन । जसलाइ चिर्न सरकार र सात दल असफल बन्दै गएका छन ।मधेस आतंकको कब्जामा परेको अहिले हैन । त्यसैले मधेस बन्द गराउन वा अन्य कुनै आतंक फैलाउन कुनै जनसर्मथन रहेको दल नै आवश्यक पर्छ भन्ने हैन । त्यसमा मधेसी जनअधिकार फोरमसंग यस अगाडि गरेको आन्दोनलनको अनुभव छ ।राजेन्द्र महतो समुहपनि तराइमा केही प्रभाव जमाएको समुह नै हो । त्यसमा हालसालै जन्मिएको तराइ मधेस लोकतान्त्रिक दलको जनप्रभाव नभएपनि त्यसमा रहेका नेताको भने राम्रै प्रभाव रहेको छ । यसैको बलमा नै बन्द सफल बन्दै गएको देखिन्छ ।वार्ताको नाममा वार्ता गर्नु सरकारको काम नै हो । यस अगाडि मधेसी जनअधिकार फोरमसंग भएको वार्तामा भएको सहमतिलाइ सरकारले पुर्ण रुपमा कार्यान्वयन नगरेको नै हो । त्यही सानो निहु नै अहिले आन्दोलनको कारण बनेको छ ।सायद यि तिनवटै दलले सोचेका थिए होलान उनीहरुले आन्दोलन गर्ने भनेपछि यस अगाडि मधेसमा भएको आन्दोलनको स्वरुपमा आन्दोलन हुनेछ जसले पुरै राज्य नै हल्लीने छ । तर त्यस्तो हुन सकेको छैन । तर प्रभाव भने परेको छ नै ।अहिलेकै अवस्था कायम रहने हो भने चैत २८ संविधान सभाको चुनाव असम्भव नै छ । मुखले भनेर चुनाव हुने भए जेठमा नै भइहाल्थ्यो नी । त्यसैले यदी सरकार र सात दल संविधान सभा चुनावप्रति प्रतिवद्ध हुन भने मधेसी दलले उठाएको कुन मागलाइ सम्बोधन गर्न सकिने हो कुन मागलाइ सम्बोधन गर्नै नसकिने हो त्यसमा स्पष्ट भएर तत्काल समस्या समाधानमा कि्रयशिल हुनु आवश्यक छ ।
Sunday, February 17, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment