Saturday, March 1, 2008

ज्वालासिंह समुहद्वारा चुनाव भाड्न एकमहिने कार्यक्रम

पोखरा, १८ फागुन/तर्राईमा आन्दोलनरत पक्षहरु सरकारसितको सहमतिपछि चुनावी अभियानमा जुटिरहेको बेला तर्राईकै शसस्त्र आन्दोलन गरेको जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वालासिंहले चुनाव भाँड्ने चेतावनी दिएको छ । सरकार र लोकतान्त्रिक तर्राई मुक्तिमोर्चाबीच भएको आठबुदे सहमतिलाई धोकाको संकेत गर्दै उक्त चेतावनी दिएको हो । ज्वालासिंह समुहले एक विज्ञप्ति जारी गर्दै मधेशी जनतालाई धोका दिनेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । समुहले मधेशमा चुनाव गर्ने कुनै अधिकार नभएको उल्लेख गर्दै मधेशी जनतालाई चुनाव विफल बनाउन आग्रह समेत गरेको छ । समुहले चुनाव विथोल्ने अभियानमा एकमहिने कार्यक्रम र्सार्वजनिक समेत गरेको छ । एक महिने कार्यक्रम अर्न्तर्गत प्रचार प्रसार, मसाल जुलुस, जग्गा कब्जा, उमेदवारलाई भौतिक कार्वाह गर्ने तथा चैत २० गतेदेखि अनिश्चितकालिन आम हडताल गर्ने चेतावनी दिएको छ ।

No comments: