Saturday, March 1, 2008

मदीरा बिक्री तथा सेवनमा प्रतिबन्ध

काठमाडौँ, १८ फागुन । आसन्न संविधानसभा निर्वाचन अब ४० दिन मात्र बाँकी रहेकाले सो निर्वाचन शान्तिपुर्ण ढङ्गले सम्पन्न गराउन जिल्लाहरूमा विभिन्न प्रकारको तयारी भइरहेको छ ।निर्वाचन शान्तिपुर्ण होस् भन्नका लागि विभिन्न जिल्लामा मदिरा नियन्त्रण गर्ने अभियान पनि सुरु गरिएको छ ।तनहँु, दमौली- जिल्ला प्रशासन कार्यालय तनहुँले संविधानसभा निर्वाचनमा शान्तिपुर्ण वातावरण बनाउन निर्वाचन अवधिभर मादकपदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ -३) अनुसार प्रशासनद्वारा जारी सूचनामा निर्वाचन परिणाम घोषित नभएसम्म पूरै अवधि मादकपदार्थ सेवन तथा बिक्री वितरण निषेध गरिएको छ ।प्रमुख जिल्ला अधिकारी काशीनाथ मरासिनीद्वारा हस्ताक्षरित उक्त सूचनामा शान्तिपुर्ण वातावरण कायम राख्ने कार्यमा सहयोग पुर्‍याउन सबै राजनीतिक दल, भ्रातृ सङ्गठन, पेसाकर्मी र र्सवसाधारणलाई अनुरोध गरिएको छ ।धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले संविधानसभा निर्वाचन परिणाम घोषणा नभएसम्म हरेक दिन साँझ ८ बजेदेखि जिल्लामा मादकपदार्थको बिक्री वितरण निषेध गरेको छ ।संविधानसभाको निर्वाचन शान्तिपुर्णरुपमा सम्पन्न गर्ने सर्न्दर्भमा निर्वाचन आयोगबाट प्रसारित आचारसंहितामा उल्लेख भएबमोजिम जिल्लामा मादकपदार्थको बिक्री वितरण साँझ ८ बजेपछि रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

No comments: