Sunday, March 2, 2008

शरणार्थी शिबिरमा भिषण आगलागी

२ मार्च, ०८ । झापाको गोलधापस्थित भूटानी शरणार्थी शिबिरमा गए राति भिषण आगलागी भएको छ । आगलागीबाट ९ सय भन्दा बढी छाप्राहरु जलेर खरानी भएका छन् । साँझ साढे ६ बजेदेखि शुरुभएको आगलागीबाट शिबिरका ७० प्रतिशत छाप्रा जलेको बताईएको छ । शिबिरमा एकहजार पाँचसयभन्दा बढी छाप्रा थिए ।आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ । इटहरी, दमक र भद्रपुरका दमकलले करिव चारघण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।आगलागीवाट चारजना घाइते भएका छन् भने एक बच्चा अझै हराइरहेको वताईएको छ । आगलागीबाट करिब ७ हजार शरणार्थी घरबारबिहिन भएका छन् भने खुला आकाशमुनी रात काट्न बाध्य भएका छन् ।यसैबीच गृहमन्त्री कृष्णप्रसाद सिटौलले आज बिहान क्षतिग्रस्त शिबिरको भ्रमण गर्नुभएको छ ।

No comments: