Tuesday, March 4, 2008
देशभर नेकपा माओवादी प्रवेश गर्नेहरुको लहर
४ मार्च, ०८ । संविधानसभा निर्वाचनको प्रचारको तिव्रतासंगै जिल्लाका बिभिन्न पार्टीका प्रभावशाली नेता तथा कार्यकर्ताहरु नेकपा माओवादीमा प्रवेश गर्नेहरुको लहर चलेको छ । हालै बाग्लुङ काग्रेसका प्रभावशाली नेता मुकुन्दसिंह भन्डारी तथा सयौं कार्यकर्ताहरु तथा बागलुङ बलेवा क्षेत्रका एमाले समर्थकहरुको एक समुह सो पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेका छन । यस्तै दाङ क्षेत्र नम्बर १ को देउखुरीमा १८ जना मुक्त कमैयासहित ४० जना अन्य पार्टीका कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । दाङकै श्रीगाउमा विभिन्न पार्टी परित्याग गरी १ सय जना माओवादीमा प्रवेश गरेका छन् । त्यस्तै डुरुवामा आयोजित चुनावी सभाबाट एमालेका कृष्णबहादुर बस्नेतसहित २२ जना माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई क्षेत्र नम्बर ४ का माओवादी उम्मेदवार एवं माओवादी केन्द्रीय सल्लाहकार शिवराज गौतमले स्वागत गर्नुभएको थियो । यसैगरी मानपुरमा आयोजित कार्यक्रमा कांग्रेसका ध्रुब लामिछानेसहित ९, एमालेका तारा नेपालीसहित २३, मालेका प्रेम बस्नेतसहित २३ जना माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी नेता गिरिराज केसीले स्वागत गर्नुभएको थियो । उता क्षेत्र नम्बर ५ को शान्तिनगरमा आयोजित कार्यक्रममा एमालेका थबबहादुर विक, कांग्रेसका खुमप्रसाद पाण्डे, राप्रपाका मिनराज पाण्डे, स्वतन्त्र रामबहादुर केसीसहित ३९ जना माओवादीमा प्रवेश गरेका छन् । माओवादी थारुवान राज्यसमिति सदस्य शितलले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो । नेकपा -माओवादी सल्यानले संविधानसभा अभियानलाई तीब्र पारेको छ । सो क्रममा अन्य पार्टी छाडेर माओवादीमा प्रवेश गर्नेहरुको पनि लहर चलेको छ । । त्यस्तै रिमको शितल वजारमा पनि जनसभा सम्पन्न भएको छ । सो एमालेका वीरबहादुर विक, जनक विक,रणवहादुर महतरा, रेवती घर्ति, दलवहादुर राणा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् । त्यस्तै नेपाली काग्रेसका छविलाल विकलगायतले काग्रेस पार्टी त्यागी माओवादीमा प्रवेश गरेको घोषणा गरे । एमालेका १ नं एरियाको लक्ष्मीपुर गाउकमिटी सदस्य चन्द्र वहादुर वली र नेपाली कांग्रेसका मानबहादुर सिंहले पनि सोमवार वक्तब्यमार्फत माओवादीमा प्रवेश गरेको जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment