Saturday, March 8, 2008

गएराती नर्वेको राजदूतावासमा लुटपाट

८ मार्च, ०८ । काठमाडौं । गएराती नर्वेजियन राजदूतावासमा झण्डै दुइ दर्जनको संख्यामा आएका लुटेराहरुले लुटपाट मच्चाएको खबर छ । त्यहाँ सुरक्षार्थ खटिएका ६ जना गार्डलाई नियन्त्रणमा लिई गएराती १ बजे राजदूतावासमा उनीहरुले लुटपाट मच्चाएका हुन । ललितपुरको कुपण्डोल हाइटमा रहेको राजदूतावासमा लुटेराहरुले ल्यापटप, क्यामेरा, घडी, विदेशी मुद्रालगायत लाखौं बराबरको धनमाल लुटपाट गरेको बताईएको छ । तर लुटपाटको जानकारी प्रहरीलाई भने निकै ढिलोगरी बिहानपख मात्रै दिइएको थियो । प्रहरीले चोरीको सम्बन्धमा अनुसन्धान गर्नुका साथै फरार लुटेराहरुको खोजी गरिरहेको बताएको छ ।

No comments: