Monday, March 31, 2008

उमेर नपुगेका २२ उम्मेदवार रद्द हुने

काठमाडौं, चैत १७ - निर्वाचन आयोगले समानुपातिक सिटको बन्दसूचीमा रहेका २२ जनाको उमेर नपुगेको भन्दै उम्मेदवारी रद्द गर्ने तयारी गरेको छ ।
ऐनमा उम्मेदवार हुन कम्तीमा २५ वर्षहुनर्ुपर्छ । कांग्रेस, माओवादी, राप्रपालगायत दलले ऐनको प्रावधान ख्याल नगरी कम उमेरकालाई बन्दसूचीमा समावेश गरेको पाइएको छ । '२२ जना उम्मेदवारको उमेर नपुगेको पाइएको छ,' आयोगको नियमित प्रेस भेटघाटमा प्रवक्ता लक्ष्मणप्रसाद भट्टर्राईले भने । समानुपातिकको प्रतिस्प्ार्धाका लागि ५४ दलले कुल ६ हजार उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए ।
आयोग स्रोतका अनुसार उमेर नपुग्ने उम्मेदवारमा अधिकांश माओवादीका छन् । त्यसबाहेक राप्रपाका दर्ुइ र कांग्रेसका एक रहेको आयोगका एक अधिकारीले जानकारी दिए । कांग्रेसको समानुपातिक
सूचीमा रहेकी नवलपरासीकी २३ वषर्ीया रूपा फौजदार ऐनअनुसार अयोग्य भएकी हुन् ।
आयोगले भने उमेर नपुगेका उम्मेदवारको संख्या बताए पनि नाम र्सार्वजनिक गरेको छैन । समानुपातिकका बन्दसूचीको अन्तिम नामावली आगामी शुक्रबार प्रकाशित गर्ने आयोगको कार्यक्रम छ ।
यसैगरी बन्दसूचीमा समावेश झन्डै २ सय उम्मेदवारले अझै आयोगमा नागरिकता बुझाएका
छैनन् । आउ“दो बुधबारसम्म नागरिकता बुझाइसक्न दलहरूलाई निर्देशन दिइएको प्रवक्ता भट्टर्राईले जानकारी दिए । उनका अनुसार नागरिकता नबुझाउने व्यक्तिको नामसमेत बन्दसूचीबाट हटाइने छ ।
कतिपय दलले प्रत्यक्ष्ँमा उम्मेदवारी दिएका व्यक्तिलाई पनि समानुपातिकको बन्दसूचीमा राखेको पाइएको आयोगले जनाएको छ । त्यस्ता उम्मेदवारको नामावली परीक्षण भइरहेको र दोहोरिएका उम्मेदवारी रद्द गरिने आयोगले बताएको छ । ऐनमा एउटै व्यक्ति प्रत्यक्ष र समानुपातिक दुवै प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था छ ।
मतपत्र छापियो
आयोगले संविधानसभा निवर्ँचनको प्रत्यक्ष र समानुपातिक दुवै सिटका लागि आवश्यक सबै मतपत्र शनिबार राति छापिसकेको छ । प्रत्यक्ष सिटका लागि २ सय ४० प्रकारका कुल २ करोड ४ लाख र समानुपातिकका लागि मुलुकभर एउटै हुनेगरी २ करोड ८ लाख मतपत्र छापिएको आयोगले जनाएको छ ।
प्रत्यक्ष सिटको प्रतिस्पर्धामा प्रत्येक निर्वाचन क्षेत्रमा फरक-फरक व्यक्ति र दल उम्मेदवार हुने भएकाले २ सय ४० प्रकारका मतपत्र छापिएको हो ।

No comments: