Tuesday, March 18, 2008

सीमा क्षेत्रमा तीन नेपालीको हत्या

१७ मार्च, ०८ । भारतबाट मजदुरी गरेर नेपाल फरकदै गरेका तीन नेपालीको सीमा क्षेत्रमा गएराती हत्या गरिएको छ ।रौतहटको सिमाबर्ती भारतीय क्षेत्र जमुनिया नजिकै छरौखरमा उनीहरुको भारतीय अपराधिक समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।रौतहटको सरभुजुवा वडा नं ७ घर भएका कपीलदेश कुसवाहा, दुखा कुसवाहा र गोपीदास तत्माको हत्या गरिएको हो । मजदुरी गरी कमाएर ल्याएको नगद तथा जिन्सी लुटेर उनीहरुको हत्या गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

No comments: