Tuesday, March 18, 2008
गिरिजापछिको प्रम आफु हुने देउवाको दाबी
१८ मार्च, ०८ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ़ुलाई पार्टी सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापछिको प्रधानमन्त्रीका रुपमा दाबी गरेका छन् । कञ्चनपुरको क्षेत्र नं. ४ का उम्मेदवार समेत रहेका पूर्वप्रधानमन्त्री देउवाले आफूलाई पार्टीसभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापछिको नेताका रुपमा दावी गर्दै भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न भ्याएका हुन् । उनले सोमबार नेपाल प्रेस युनियन कञ्चनपुरद्वारा महेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो दावी गरेका हुन् । शनिबारदेखि आफ्नो चुनावी सभालाई सम्बोधन गर्न व्यस्त रहेका देउवा आइतबार दिनभरी तीनवटा सभामा सहभागि रहे ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment