गौर -रौतहट, चैत ८ - मुलुकको राजनीतिमा चर्चित तर्राईको प्रमुख जिल्ला रौतहट चुनावमय छ । सबै पार्टर्ीी र स्वतन्त्र उम्मेदवारहरूले असुरक्षा र खतराबीच चुनावी अभियान तीव्र पारेका छन् ।
सशस्त्र र आपराधिक समूहहरूका कारण असुरक्षा महसुस गरी कांग्रेस, एमाले, माओवादी, फोरम, तमलोपा, सद्भावनाका र स्वतन्त्र उम्मेदवारहरू सुरक्षाकर्मी लिएर चुनाव प्रचारमा जाने गरेका छन् ।
प्रहरी प्रशासनले एक उम्मेदवारलाई एकदेखि तीन जनाका दरले प्रहरी हतियारसहित उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालयले खतरा बढी भएका ठूला पार्टर्ीी उम्मेदवारलाई गाउ“-गाउ“मा जा“दा/आउ“दा सुरक्षाकर्मीसहितको गाडी पठाएर स्कर्टिङसमेत गरिदिने गरेको छ ।
स्वतन्त्र र साना दलका उम्मेदवारले भने सबैलाई उत्तिकै खतरा रहे पनि सत्तारूढ र ठूला दलका उम्मेदवारलाई बढी सुरक्षाकर्मी र आफूहरूलाई कम दिएर भेदभाव गरिरहेको आरोप जिल्ला प्रशासनमाथि लगाइरहेका छन् । चुनावी कार्यक्रमस“गै यहा“ आपराधिक घटना बढे पनि जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका १ सय ५० उम्मेदवार चुनाव प्रचारमा व्यस्त छन् । पार्टर्ीी र स्वतन्त्र उम्मेदवारहरू आ-आफ्नो क्षेत्रमा घरदैलो गर्दै जनतासित मत मागिरहेका छन् ।
जिल्लाका सबैजसो गाउ“का घरघरमा पार्टर्ीीmन्डा फहराइएका छन् । चुनाव आचारसंहिता विपरीत भए पनि माओवादीले जिल्लाका सबैजसो भागमा आफ्नो पार्टर्ीीई मत दिन आग्रह गर्दै भित्तेलखन गरेको छ । चुनावी कार्यक्रमस“गै चारवटा सशस्त्र समूहले बिथोल्ने कार्यक्रम घोषणा गरी आफ्ना गतिविधि तीव्र पारेका छन् भने आपराधिक समूहले पनि अपहरण र धम्कीका घटना गर्न थालेका छन् ।
चुनाव बिथोल्ने कार्यक्रम घोषण गरेका समूहमा जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -ज्वालासिंह समूह), संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा, तर्राई आर्मी, तर्राई कोब्रा छन् । ती समूहले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी चुनाव बिथोल्ने कार्यक्रम घोषणा गरिसकेका छन् । ती समूहले कांग्रेस, एमालेसहित सबै पार्टर्ीी स्वतन्त्र सबैजसो उम्मेदवारलाई चुनाव प्रचार नगर्न चेतावनी दि“दै फोन र एसएमएस सन्देशमार्फ नमाने भौतिक कारबाही गर्ने धम्कीसमेत दिइसकेका छन् ।
जनतान्त्रिक मुक्ति मोर्चाले एक साताअघि सदरमुकामस्थित कृषि विकास बैंक लुटी ३ लाख २० हजार रुपैया“ लगेको, तर्राई आर्मीले मंगलबार डुमरिया गाविसको बालचनपुरबाट उद्योगपति कृष्ण थापालाई अपहरण गरी बेपत्ता बनाएको छ । संयुक्त जनतान्त्रिकले एमाले पार्टर्ीीार्यालयमा सुतली बम राख्नुका साथै सदरमुकामस्थित बीपी चोकमा बम विस्फोट गराइसकेको छ ।
जिल्ला सुहाउ“दो राजनीति गर्न माहिर कांग्रेसका प्रभावशाली नेता मोहम्मद आफताव आलमलाई आफ्नै क्षेत्र नं. २ को अकलवा गाविसमा जा“दा माओवादीले गोली पड्काएर अवरोध गरेको थियो । यस जिल्लामा 'जसले बढी गोलाबारुद पड्काउ“छ, जनता त्यसकै पक्षमा जाने' भएकाले आलम यो घटना र्सार्वजनिक गर्न चाहिरहेका छैनन् । माओवादीका सत्यनारायण भगतले भने आफ्नो पार्टर्ीी नभई जनताले आलमलाई अवरोध पुर्याएको दाबी गरे ।
क्षेत्र नं. १ मा बबन सिंहविरुद्ध विभिन्न अपराधका मुद्दामा अभियुक्त बनाइएको छ । रविन्सन प्रकरणका मुछिएका सर्वोच्चका पर्ूवन्यायाधीश बलिराम कुमारसमेत चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवार सिंहलाई काठमाडौंमा बम विस्फोट गराएको र जिल्लामा बलात्कार गरेको अभियोगमा पक्राउ गर्न वारेन्ट जारी गरिएको छ । उनलाई भारतमा समेत अपहरणको आरोपमा वारेन्ट जारी भएको छ । वारेसमार्फ उम्मेदवारी दिएका सिंहले लुकिछिपी प्रचारप्रसार गरिरहेका छन् ।
कुमार अर्का न्यायाधीश कृष्णराज बर्मासितको इजलासबाट लागू पदार्थ ओसारपसारका विदेशी अभियुक्त गोर्डन विलियम रविन्सनलाई छुटाएको आरोप लागेपछि दर्ुइ वर्षघि अवकाश लिएका व्यक्ति हुन् । न्याय परिषद्ले रविन्सन प्रकरणमा छानबिन गरी कुमार र बर्मा दुवैलाई न्यायाधीशबाट राजीनामा गराएको थियो । उनी तमलोपाबाट उम्मेदवार बनेका हुन् ।
एमालेका क्षेत्र नं. १ उम्मेदवार रेवन्त झाले ज्वालासिंह समूहका काल सिंहले फोनबाट आफ्नो घर र गाडी विस्फोट गरिदिन्छु र ज्यानैसमेत लिन्छु भनेर धम्की दिएको बताए । उनले 'मैले धम्की दिने व्यक्तिको नम्बरसहित प्रहरी प्रशासनलाई जानकारी गराइसकेको छु,' उनले भने- 'प्रशासनले के गर्दैछ - मलाई थाहा छैन ।'
माओवादीका क्षेत्र नं. ४ का उम्मेदवार सत्यनारायण भगतले पनि आपराधिक समूहले एसएमएसबाट आफूलाई मार्ने धम्की दिएको बताए । उनले आफूलाई मेरो मोबाइलको ९८०६८०६५६३ नं. बाट एसएमएसमार्फ आएको धम्की कान्तिपुरलाई देखाएका थिए ।
प्रमुख सबै पार्टर्ीी उम्मेदवारले सशस्त्र समूहहरूको धम्की र आपराधिक घटनामा वृद्धि भए पनि आफूहरूले पार्टर्ीीार्यकर्ता र जनताको बलमा निर्वाध रूपमा प्रचार अभियान अघि बढाएको र कहीं पनि अवरोधको सामना गर्नुनपरेको बताए ।
उनीहरूले आपराधिक राजनीति र सशस्त्र समूहको गतिविधिलाई निस्तेज गरी निर्वाध रूपमा उम्मेदवार प्रचारमा जान र जनताले पनि मत दिन पाउने वातावरण बनाउन प्रहरी प्रशासन र दलहरूले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
कांग्रेस क्षेत्र नं. ४ का उम्मेदवारले कृष्ण यादवले चारवटा सशस्त्र समूहको चुनाव बिथोल्ने कार्यक्रम आए पनि आफूलाई अहिलेसम्म कुनै पनि ठाउ“मा अवरोध पुर्याउने काम नभएको बताए । कांंग्रेस नेता एवं क्षेत्र नं. ६ का उम्मेदवार उद्धव ढकालले आफ्नो पार्टर्ीी जनताको नैतिक बलमा आपराधिक राजनीतिको सामना गरिरहेको बताए । 'हामी शान्तिपर्ूण्ा राजनीतिमा विश्वास गर्ने भएकाले आपराधिक राजनीति र गतिविधिको नैतिक रूपमा सामना गर्नेर्र्छौं,' ढकालले भने ।
माओवादी उम्मेदवार भगतले आफ्नो जिल्लामा यसअघि जनताको अभिमतबाट भन्दा जसले जति धेरै विस्फोट पदार्थ र गुन्डा भित्र्यायो, उसैले चुनाव जित्ने प्रवृत्ति रहेको उल्लेख गर्दै आफ्नो पार्टर्ीी जनताको बलमा त्यस्तो प्रवृत्तिको सामना गर्ने बताए ।
'हामीले असुरक्षा र खतराका बीच चुनाव अभियान अघि बढाइरहेका छौं,' माओवादीका भगतले भने- 'हाम्रो पार्टर्ीीनताको विश्वास गरेर 'बुलेट' छाडी 'ब्यालेट' मा विश्वास गरेर शान्ति प्रक्रियामा आएको हो । हामी जनताको बलमा बिहारी शैलीको सामना गछौर्ंं ।'
तमलोपाका उम्मेदवार कुमारले भयत्रासबाट जनता र पार्टर्ीीई मुक्त गरी चुनावी वातावरण बनाउन प्रहरी प्रशँसन, निर्वाचन कार्यालय र सबै दल लाग्नुपर्ने बताए । उनले आफूलाई व्यक्तिगत रूपमा अहिलेसम्म धम्की नआएको र कसैले पनि चुनाव प्रचारमा जान अवरोध नपुर्याएको बताए । फोरमका जिल्ला अध्यक्ष गणेशप्रसाद ढकालले पनि आफ्नो पार्टर्ीीतियारको बलमा नभई जनता र विचारको बलमा चुनाव लड्ने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लक्ष्मण लामिछानेले सुरक्षा मँग्ने सबै उम्मेदवारलाई बराबर सुरक्षाकर्मी उपलब्ध गराएको र कसैमाथि भेदभाव नगरेको बताए । उनले चुनावलाई बिथोल्न खोज्ने सशस्त्र समूहहरूको षड्यन्त्रलाई प्रहरी प्रशँसनले निस्तेज पार्ने र चुनावलाई शान्तिपर्ूण्ा रूपमा सम्पन्न गराएरै छाड्ने बताए । उनले चार सशस्त्र समूहको चुनाव बिथोल्ने भनी घोषित कार्यक्रमका बारेमा आफूहरूले जानकारी पाएकोसमेत स्वीकार गरे ।
लामिछानेले यसअघि चुनावमा बिहारशैलीमा हतियारको बलमा बुथ कब्जा गरी एकलौटी मतदान गर्ने घटना हुने गरेको स्वीकार गर्दै प्रहरीले यसपटक त्यस्ता गतिविधि हुन नदिने बताए । त्यसका लागि सुरक्षाकर्मी पर्याप्त रहेको दाबीसमेत उनको छ ।
Saturday, March 22, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment