एकै क्षेत्रमा दर्जनभन्दा बेशी उमेद्वार उठाएको समाचारबारे निर्वाचन आयोगले माओवादीसँग औपचारिक प्रतिक्रिया मागेको छ ।
काठमाडौको क्षेत्र नम्बर १० मा प्रचण्डसहित माओवादीका १८ उमेद्वार भएको समाचार छापिएपछि त्यसबारे निर्वाचन आयोगले माओवादीसँग औपचारिक जानकारी मागेको छ । निर्वाचन आयोग प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले फागुन २३ गते बिज्ञप्ती प्रकाशित गर्दै माओवादीसँग त्यसबारे औपचारिक प्रतिक्रिया मागिएको जानकारी दिएका हुन् । फागुन २२ गते हिमालखबर डट कमले क्षेत्र नम्बर १० मा माओवादीले प्रचण्डसहित १८ उमेद्वार उठाएको समाचार पहिलो पटक प्रकाशित गरेको थियो ।
यसैबीच, चैत २८ को संविधानसभा चुनावका लागि फागुन १३ गते उमेद्वारी नदिएका दलका उमेद्वारहरुले आज २३ गते उमेद्वारी दर्ता गरे । यसरी उमेद्वारी दर्ता गर्नेमा मधेशवादी दलहरु, राष्ट्रिय जनशक्ति पार्टी लगायतका उमेद्वार छन् ।
Thursday, March 6, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment