Sunday, March 23, 2008

अपहरणको ४० दिनपछि बालक फिर्ता

काठमाडौं, चैत ९ - स्कुलबाटै अपहरित १० वषर्ीय बालकलाई ४० दिनपछि प्रहरीले सकुशल फिर्ता ल्याएको छ । प्रहरीले बालकलाई दोलखाको चरिकोटबाट मुक्त गरेका हुन् । प्रहरीले फिरौती माग्ने तीन जनालाई पक्राउसमेत गरेको छ ।
काठमाडौं सुकेधारास्थित वाग्मती बोर्डिङ स्कुलमा २ मा पढ्ने आसमान तामाङलाई रमेश लामाले आफूूू बालकको मामा भएको बताउ“दै लगेका थिए । चरिकोट पुर्‍याएर उनले बालकका बुबालाई फोन गरी ३० हजार रुपैया“ पठाउन भनेका थिए ।

रसुवा, गतलाङ-१ का दावाले छोरालाई छुटाउन स्कुलबाटै एक महिनाभित्र तिर्ने र्सतमा ३० हजार सापट लिई अपहरणकारीले भनेझैं ग्लोबल बैंकमा जम्मा गरेका थिए ।

मागेजति पैसा भनेकै स्थानमा पठाएको तीन दिनसम्म पनि बालक मुक्त नभएपछि दावा छोरा फिर्ता गराउन प्रहरीको शरणमा परेका थिए ।

पक्राउ परेकामा दोलखा गैरीमुदी-५ का रमेश लामा, बैंकमा फिरौती बुझ्ने खमबहादुर लामा र स“गै फिरौती लिन जाने अनिलकुमार तामाङ छन् ।

No comments: