Sunday, March 30, 2008

असुरक्षाको कारण देखाउँदै प्रचण्डका सभा स्थगित

३० मार्च, ०८ । असुरक्षाको कारण देखाउँदै माओवादी अध्यक्ष प्रचण्डले उपत्यका वाहिरका चुनावी सभामा सम्वोधन गर्ने कार्यक्रम स्थगित गर्नुभएको छ । भोली चितवनमा हुने भनिएको जनसभालाइ प्रचण्डले संवोधन गर्ने भनिएपनि सो सभा अन्तिम समयमा आएर स्थगित गरिएको छ । माओवादी चितवनले शनिबार एक विज्ञप्ती जारी गरी माओवादीको पक्षमा जनलहर देखेपछि देशी विदेशी प्रतिक्रियावादीले अध्यक्ष प्रचण्डको हत्या गर्ने योजना वनाएको भन्दै सभा स्थगित गर्नुपरेको जानकारी दिएका छन् । यसअघि आज वुटवलमा हुने भनिएको चुनावी सभामा प्रचण्ड सहभागी हुने भनिएपनि उहाँ वुटवल जानुभएन् । प्रचण्डले संवोधन गर्ने भनि निर्धारण गरिएका कार्यक्रममा अव अरु नेताहरु सहभागी हुनेछन् । केहीदिनदेखि लगातार काठमाण्डौ वाहिरका चुनावी सभामा सहभागी रहादै आउनुभएका प्रचण्ड अव उपत्यकाका सभामा मात्र सहभागी हुने वताइएको छ ।

No comments: