जनमोर्चा नेपालमा बाँके क्षेत्र नं।२ का उम्मेदवार कमल अधिकारीको हतियारधारी समूहले घरमा सुतिरहेको बेला उठाएर बाहिर लगी गोली हानी हत्या गरेको छ ।- रोल्पामा मंगलवार राती माओवादीका २ जना कार्यकर्ताको हत्या भएको छ । माओवादीका रोल्पा जिल्ला सदस्य भक्तवहादुर विक र ग्राम गाविसका टेक बहादुर घर्ती संग्रामको गोलीहानी हत्या गरिएको छ ।
माथिका दुबै समाचारको संकेत हो त्यत्तिकै सहज रुपमा कहां संविधान सभा हुन्छ र । संविधान सभाका लागि ज्यान दिनेहरुको संख्या पुगेकै छैन । त्यसैले कमल अधिकारी भक्तबहादुर विक अनी टेकबहादुर घर्तिले संविधान सभाका लागि शहिद हुनेहरुको संख्या बढ्ने संकेत दिएर विलाए ।सबै दल संविधान सभामा होमिएका छन त्यसैले संविधान सभा निश्चित छ भनेर ढुक्क हुने अवस्था हिजो पनि थिएन आज पनि छैन र भोलि हुनेवाला पनि छैन । तराइ अशान्त नै छ । पहाड रगताम्य बनाउने कोठे शड्यन्त्र जारी छ ।
२३७ वर्षिय राजतन्त्रको विलय त्यत्ति सहजै हुंदैन भन्नेमा सबै सहमत हुनु जरुरी छ । दलहरु संविधान सभामा जान्छन । चुनाव हुन्छ अनी म फालीन्छु भनेर राजतन्त्रका प्रतिक निस्कृय रुपमा नारायणहिटीमा पक्कै बस्दैनन ।
उनीहरुका लागि प्रयोग हुने हतियार छरपस्ट छन । तराइका हतियारधारी संविधान सभा रोक्नका लागि जुनसुकै पक्षधरसंग पनि गठजोडका लागि तयार छन । कारण संविधान सभा भयो भने त उनीहरु कमजोर बन्छन । त्यसैले आफु शक्तिशाली हुनका लागि उनीहरु दरवारको हथियार बन्दैनन भनेर ठोकुवा गर्ने आधार देखिएको छैन ।
न जयकृष्ण गोइतका लागि संविधान सभा चाहिएको छ न ज्वालािसंहका लागि नै । तराइ टाइगस्र तराइ कोव्रा लगायत एक दर्जन भन्दा बढि सशस्त्र संगठनको यही अनिश्चित संविधान सभाले नै निश्चित गर्छ नै । त्यसैको शंकेत हो अधिकारीको शहादत । जुन आफ्नो समुहले गरेको ज्वालािसंहले दावी गरिरहेका छन ।
चुनावको विरोध गर्ने सशस्त्र समुह मात्र हैन चुनावमा होमिएका दलका चरित्र पनि संविधान सभा अनुकुल देखिएको छैन । एमालेको पकड भएको क्षेत्रमा माओवादीलाइ प्रवेश गर्न रोक्ने अनी माओवादीको पकड भएको क्षेत्रमा एमाले कांग्रेस लखेटिने श्रृंखला शुरु भइरहेको छ । दलहरु दम्भ देखाएर विजयको दावी गर्दै हिडेका छन । मैले यस्तो बोल्दा के होला अनी मैले यस्तो गर्दा के होला उनीहरुको मतलवको विषय नै भएन यो ।
जे भएको छ त्यो ठिक भएको छ भन्ने नेपाली हुनै सक्दैनन । त्यसैले संयमताका साथ एकजुट भएर संविधान सभा विरोधी शक्तिलाइ तह लगाउन सात दल नतात्ने हो भने अधिकारीहरु धेरै जन्मन्छन ।

No comments:
Post a Comment