Saturday, March 8, 2008
सेनामा समावेश गर्न नमिल्ने
नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले राजनीतिमा सक्रिय रहेकालाई सेनामा समावेश गर्न नमिल्ने बताएका छन् । शुक्रबार नेपाली सेनाको कल्याणकारी कोषमा भएको रकम सार्वजनिक गर्न जङ्गी अड्डा भद्रकालीमा आयोजित कार्यक्रमपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै क्षेत्रीले राजनीतिबाट अलग भएपछि मात्र सेनामा समावेश गरिने बिश्वब्यापी मान्यता भएको उल्लेख गरे । सरकार र माओवादीबीच गत वर्ष भएको बिस्तृत शान्ति सम्झौतामा पनि माओवादी छापामारलाई सेनामै समावेश गरिने उल्लेख नभएको क्षेत्रीले बताउनु भयो । सरकार र मधेशी मोर्चाबीचको सहमति अनुसार मधेशीहरू समूहगतरुपमा सेनामा प्रवेश हुने या नहुनेबारे संचारकर्मीहरुले सोधेको जिज्ञाशामा सेनाका प्रवक्ता क्षेत्रीले विधीसम्मत बनेको सरकारले विधीसम्मत निर्देशन दिए सेनाले मान्ने उल्लेख गरे । विधीसम्मत बनेको सरकारले नकारात्मक निर्देशन दिन्छ भन्ने सेनालाई नलागेको पनि क्षेत्रीको भनाइ थियो । 'सरकारले सेनालाई विधीसम्मत र ठिक निर्देशन मात्र दिन्छ भन्ने सेनाको बिश्वास छ' क्षेत्रीले बताउनु भयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment