Thursday, March 6, 2008

राष्ट्रियता बचाउन प्रजातान्त्रिक शक्तिबीच सहकार्य गर्नुपर्नेः थापा

प्रजातन्त्र र राष्ट्रियता बचाउन लागि मुलुकको प्रजातान्त्रिक शक्तिहरुले सहकार्य गरेर जानु पर्न पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्क्तीका अध्यक्ष सुर्य बहादुर थापाले बताएका छन् । संबिधानसभा निर्वाचनका लागि उम्मेद्धारी मनोनयन दर्ता गराउन विहिबार गृह जिल्ला धनकुटा आएका थापाले पत्रकार सम्मेलनमा वोल्दै प्रजातान्त्रिक शक्तिहरु बिच एकता नभए मुलुक बिखण्डन तिर जाने दाबी गरे । उनले राजतन्त्रको बिषयमा फैसला गर्न अधिकार जनतालाई बाहेक अरु कसैलाई नभएको बताए । सबिधानसभाले गरेको सबै निणर्य आफ्नो पार्टीलाई मान्य हुने बताउँदे थापाले भने- राजतन्त्रको बिषयमा जनताले जे निणर्य दिन्छ त्यो हामीलाई स्वीकार्य हुन्छ । राजासगा औपचारिक भोज र पार्टीमा भएको सामन्य भेटघाट भन्दा राजनेतिक बिषयमा कुनै पनि कुराकानी नभएको बताए । पत्रकारहरुले राजाले तपाईलाई चुनावमा सहयोग गदैछ रे नी भन्ने प्रश्नमा थापाले राजाले सहयो गरे लिने बताउँदै ठट्यौली पारामा भने-चुनावमा त जसले सहयोग गर्छ उसको सहयोग लिन्छु तपाईहरुले पनि सहयोग गर्न हो । उनले राजाले आफ्नो पार्टीलाई सहयोग गरे लिने पनि बताए । जातिय स्वाशासन सहिताको सघीय राज्यको पक्षमा राष्ट्रिय जनशक्ति पार्टी रहेको पनि बताए । उनले राष्ट्रिय जनशक्ति पार्टी राज्यको मुलधारबाट पराज्यको मुलधारबाट पछाडी परेका आदिवासी जनजाति , मधेसीको मुद्दा लिएर चुनावमा जाने बताए । तिन बर्ष पछि गृह जिल्ला धनकुटा आएका थापाले धनकुटामा आफ्नो जित सुनिश्चित भएको बताए । माओवादीले थापाको घर जग्गा कब्जा गरेको बिषयमा उनले झन्डा गाडेर कब्जा गरेको दाबी गर्नु केटाकेटी खेलमात्र भएको बताए । थापा मनोनयन दर्ता गराउन कडा सुरक्षा बिच नारा जुलुस सहित गएका पुगेका थिए । जुलुसलाई शसस्त्र प्रहरी र जनपत प्रहरीलेको दुईवटा समुहले कडा सुरक्षा दिएका थिए । पत्रकारहरुसगा निकै ठट्यौली पारामा प्रस्तुत भएका थापाले पत्रकारहरुले गरेको अधिकांस प्रश्नको उत्तर ठट्यौली पारामा दिएका थिए । थापाले धनकुटाको क्षेत्र न-२ बाट उम्मेद्धारी दिएका छन् भने क्षेत्र न-१ बाट पूर्व शाहीकालमा मनोनित जिविस उपसभापति देव ईबाहाङले उम्मेद्धारी मनोनयन दर्ता गराएको छ ।

No comments: