Thursday, March 6, 2008
आजदेखि फेरि तीन दिन तराई बन्द
तराईवासीको भावना कदर नगरी संविधानसभा निर्वाचन गर्न लागेको विरोधमा अखिल तराई मुक्ति मोर्चा गोइत समूहले आजदेखि तीन दिनसम्म तराई बन्दको आहृवान गरेको छ । मोर्चाका अध्यक्ष जयकृष्ण गोइतद्वारा जारी विज्ञप्तिअनुसार तराई तथा तराईका मूल निवासीको समस्याका विषयलाई थाँती राखेर गर्न लागिएको संविधानसभा निर्वाचनले तराईका समस्या ज्यँका त्यूँ रहने भएकाले आन्दोलन गर्नुको विकल्प नरहेको भन्दै बन्दको घोषणा गरिएको उल्लेख छ । इतिहासलाई बिर्सिएर गर्न लागिएको संविधानसभा निर्वाचन तराईवासीले नकार्नुपर्ने र गठबन्धन दललाई चेतावनी दिनका निम्ति पनि बन्द गरिएको गोइतले स्पष्ट गरेका छन् ।एक साता अघि तराईमा आन्दोलनरत विभिन्न संगठनसंग सरकारको सम्झौतापछि तराईका प्रायः राजनीतिक मुद्दा समाप्त भएको उल्लेख गर्दै सबै संघर्षरत समूहलाई वार्ताका निम्ति बोलाइए पनि सशस्त्र संघर्ष गरिरहेका थोरै मात्र समूह वार्ताको निम्ति तयार भएका छन् । अर्कोतर्फ सरकारसंग भएको सम्झौतापश्चात् छुटेका दलहरूले भोलि निर्वाचन आयोगमा प्रत्यक्ष प्रणालीअन्तर्गत उम्मेदवारी दर्ता गराउने तिथि तय गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment