Saturday, March 1, 2008

मोर्चा र सरकारबीच चार वुँदे सहमति

१ मार्च, ०८ । पूर्वी पहाड तथा तराइका जिल्लाहरुमा आन्दोलनरत संघीय गणतान्त्रीक मोर्चा र सरकारबीच चार वुँदे सहमति बनेको छ । मोर्चामा आवद्ध दुइ घटकले सरकारसंग सम्झौता गर्ने विषयमा असन्तुष्टी जनाएपनि अन्य पाँच घटकले मोर्चाका तर्फवाट सरकारसंग हस्ताक्षर गर्दैछन् ।२ बजेपछि प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा दुवैतर्फका नेताहरुले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । यता मोर्चामा आवद्ध मधेशी जनाधिकार फोरम मधेश र संघीय लोकतान्त्रीक मोर्चाले भने वार्ताप्रति विरोध जनाउँदै हिजोदेखि भएका वार्तामा सहभागी रहेका छैनन् । सहमति भएपछि मोर्चाले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।

No comments: