Friday, March 21, 2008
दुबै सेनालाइ चुनाबमा बिदा नदिइने
२१ मार्च, ०८ । संविधानसभा निर्वाचनसम्म नेपाली सेना र माओवादी सेनाले घरविदा नपाउने भएका छन् । तर मतदान गर्न भने पाउने भएका छन् । दुबै सेनाको अनुगमन गर्न गठित संयुक्त अनुगमन समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा राष्ट्रिय जनमोर्चाका तर्फाट बाँके क्षेत्र नं २ का उमेदवार कमलप्रसाद अधिकारी तथा रोल्पाका दुइ माओवादी कार्यकर्ताको हत्याका र संविधानसभा निर्वाचनका लागि अपनाउनुपर्ने शान्ति सुरक्षाको विषयमा पनि छलफल भएको थियो । बैठकमा माओवादी लडाकुहरुको विदा, वाइसिएलका पछिल्ला गतिविधि लगायतका विषयमा छलफल भएको बुझिएको छ । बैठक सकिएलगत्तै समितिका प्रतिनिधिहरुले निर्वाचन आयोगका प्रतिनिधिहरुसँग छलफल गरेको नेपाली सेनाका जर्नेल तथा समितिका सदस्य शिवराम प्रधानले जानकारी दिए ।बैठकले दुबै सेनाले आफ्नो शिबिरमै भोटहाल्न पाउने ब्यास्था गर्ने निर्णय गरेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment