Saturday, March 8, 2008

बालिका खोज्ने प्रहरी बढुवा

काठमाडौं, फागुन २४ - वाग्मती खोलामा डेढ महिनाअघि डुबेकी एक बालिका उद्धारमा खटेका चार जना नेपाल प्रहरी बिहीबार बढुवा भएका छन् ।
भोजपुरबाट बुबा आमास“ग राजधानी घुम्न आएकी आठ वषर्ीया रविना र्राई डुबेपछि ती प्रहरीले दर्ुगन्धित खोलाको पानीमा पौडेर खोजी गरेका थिए । बढुवा हुनेमा बानेश्वर प्रहरी वृत्तका मोहन श्रेष्ठ, प्रवीण बोगटी, सञ्जय मगर र विशेष कार्यदलका विपिन श्रेष्ठ छन् । 'उद्धार काममा जुटि प्रहरीको छविलाई उच्च बनाएकाले बढुवा गरिएको हो,' वृत्तका डीएसपी गोरख भण्डारीले कान्तिपुरलाई बताए । उनीहरू सबै जवान थिए ।
बालिका डुबेकोे देख्ने एक बटुवाले बानेश्वर प्रहरीलाई जानकारी गराएपछि प्रहरी र र्सवसाधारणले २८ घन्टापछि रविनाको शव वाग्मतीको फोहोरबाट डोजर लगाएर निकालिएको थियो ।

No comments: