Tuesday, March 4, 2008

कांग्रेसको लागि : ८० देखी ९० सिट

हेर्दा माओवादीको प्रभाव राम्रै रहेपनि चुनाव भनेको चुनाव नै हो । त्यसमा मतदातासम्म सकारात्मक प्रभाव पुग्नु आवश्यक छ । त्यसैको आधारमा नै प्रत्यक्ष निर्वाचनमा माओवादीको प्रतिनिधित्वको बारेमा अनुमान गरिएको हो । निर्वाचन परिणाम मतदाताको मुडमा भरपर्ने कुरो हो । २०५६ पछि निर्वाचन नभएकाले मतदाताको मुड यस्तै छ भन्ने आधार पनि छैन । तैपनि पार्टीमा रहेको गम्भिर्यता लोकपि्रयता र जनरुचिको आधारमा अनुमान लगाउन त सकिन्छ नै ।अब पालो कांग्रेसको । २०५६ सालमा एक सय १३ सिट सहित बहुमत ल्याएको कांग्रेसका लागि पनि संविधान सभा चुनाव फलामको च्युरा बन्ने सम्भावना प्रवल छ ।
पराजयको पाटोपहिलो कारण : पटक पटक कांग्रेसको सरकार हेरिसकेका जनताले अब अर्कै शक्तिलाइ मौका दिने मुडमा आउनसक्छन । त्यसमा पनि कांग्रेसका नयां भन्दा पुरानैको बाुहल्यता रहेको छ । त्यसमा पनि भ्रष्टाचारमा गन्हाएकाहरु पनि छन । यसले नतिजामा उलटपुलट गराउनसक्छन ।
दोस्रो कारण : कांग्रेसले राजतन्त्रको साथ दिन्छ भनेर माओवादी मात्र हैन एमाले पनि प्रचारवाजीमा उत्रिएको छ । यसले मतदातामा हो भन्ने जरा गाड्यो भने त्यो हटाउन कांग्रेसलाइ हम्मे हम्मे पर्ने निश्चित छ ।
तेस्रो कारण : अहिले कम्युनिष्टको माहौल छ । यसमा कांग्रेस प्रजातान्त्रीक शक्तिको रुपमा चिनिन्छ । त्यसमा पनि परिवारवादले गांजेको र चुनावमा कांग्रेले कांग्रेसलाइ नै धोका दिने पुरानै संस्कारका कारण कांग्रेस पछि पर्नसक्ने सम्भावना देखिन्छ ।
विजयको पाटो
पहिलो कारण : नेपालमा बामशक्ति पार्टी विभाजीत अवस्थामा रहेका छन । अहिलेको चुनावमा सबैभन्दा ठुलो प्रतिष्पर्धापनि बाम शक्ति एमाले र माओवादीविच हुने देखिन्छ । उनीहरुले एक अर्काको भोट काट्दा त्यसको फाइदा कांग्रेसका उम्मेदवारले पाउनसक्छन ।
दोस्रो कारण : जत्ति आलोचना भएपनि गिरजाप्रसाद कोइराला एक शक्तिको रुपमा स्थापित भएका नेता हुन । माधव नेपाल भर नभएको नेता अनी प्रचण्डको हावा भाषणका कारण कोइराला अझै बलिया नै देखिएका छन । यही व्यक्तित्वको कारण पनि कांग्रेसले पुन बाजी मार्ने सम्भावना देखिन्छ ।
तेस्रो कारण : नेपालमा कसलाइ उचाल्ने कसलाइ पछार्ने यसको निर्धारण बाह्य शक्तिमा धेरै निर्भर रहेको देखिन्छ । भारत अमेरिकाको नेपालमा बढि प्रभाव रहेको छ । यि दुबै राष्ट्रले सहयोग गर्ने हो भने कांग्रेसले फेरी बहुमत ल्याउने सम्भावना नकार्न सिकंदैन ।

2 comments:

.. said...

काग्रेस को सत्ता मोह नेपाली जनता ले धेरै पटक हेरी सकेका छ्न . र गणतन्त्र को सबाल मा पनी नेपाली जनता को भाबना लाई काग्रेस ले पर्तिनिधितो गर्न सकदैन . किन की राजा बादी हरू काग्रेस भीत्र धेरै छ्न . १९ दिने जनआन्दोलन बाट स्तापीत सरकार मा रहेर पनी राजा चाहीन्छ भन्ने हरु लाई नेपाली जनता हरु ले अब पत्याउने आधार छैन . उग्र बाम्पंथी भड़काऊ मा लागेको सेना र हतीयार मा राजनीती गर्न खोज्ने ने क पा मओबादी ले पनी नेपाली जनता को मान जित्न सकेको छैन .जनता को बौहूदलीय जनाबाद २१ सताब्द्दी को सिधानत भायको ले ९ महीने शासन काल सम्झेर ने क पा एमाले का नेता हरु सुबिदा भोगी न भैदीने हो भने एक पटक बहुमत को सरकार ने क पा एमाले को सरकार हेरने चहना छ. काम गरेर देखाउंने नेता को जिम्मा . धन्यबाद लाल सलाम
चिन्ता मणि सापकोटा
चीतवन नेपाल

Anonymous said...

is the grate post . thanks raj and chinta mani. i am also with you .