Saturday, March 1, 2008
तराईभर विजय जुलुस प्रदर्शन
मार्च, ०८ । १६ दिनदेखि ठप्प तराईको जनजीवन आजदेखि सामान्य बनेको छ । आज सबेरैदेखि अधिकांश बजार खुलेको छ भने यातायात पनि सुचारु भएको छ ।सरकार र मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच हालै भएको आठबुँदे सम्झौतासंगै तराईको जनजीवन सामान्य भएको हो । आज प्रायः सबै उद्योग र कलकारखाना पनि सञ्चालनमा आएका छन् । सम्झौताको स्वागत गर्दै सिराहा, सप्तरी, धनुषा लगाएत तराईका विभिन्न जिल्लामा मोर्चाका कार्यकर्ताहरु विजय जुलुस पनि निकालेका छन् । प्रहरीसमेत सहभागि विजय जुलुससंगै मध्य तराईका सवै जिल्लामा चहलपहल शुरु भएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment