Tuesday, March 4, 2008

अनमिनद्धारा मृतकको नाम सार्बजनीक

४ मार्च, ०८ । हिजो रामेछापमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको शब आज राजधानी ल्याइइदैछ भने दुर्घटनामा मारिएका १० जनाको नाम संयुक्त राष्ट्र संघीय मिसन अनमिनले सार्वजनिक गरेको छ ।आज अनमिनद्वारा जारी प्रेश बिज्ञप्ती अनुसार, दुर्घटनामा मारिने तीन नेपाली नागरिकमा भीमबहादुर गुरुङ, रविन्द्र खनिया र राजेन्द्र महर्जन छन् । दुर्घटनामा मारिने अन्य सात जनामा जाम्बिया, इन्डोनेशिया, दक्षिण कोरिया र स्विडेनका नागरिक भएको अनमिनले जनाएको छ ।हेलिकोप्टर रामेछापको बेथानमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । अनमिनको हेलिकप्टर सिन्धुलीको दुधौलीमा रहेको माओवादी छापामार शिविरबाट राजधानी फर्कने क्रममा हिजो बेलुका करिब ४ बजे दुर्घटनाग्रस्त भएको थियो ।

No comments: