Tuesday, April 1, 2008
राजावादी माओवादीमा प्रवेश
१ अप्रिल, ०८ । राजावादीका रूपमा चिनिएका मनोनीत राष्ट्रिय सभाका पूर्वसदस्य र राष्ट्रिय जनशक्ति पार्टी कार्यसम्पादन समितिका सदस्य जनार्दन आचार्य सोमबार माओवादी सम्वद्घ देशभक्त गणतान्त्रिक एकता अभियानमा प्रवेश गरेका छन । आचार्यले पार्टीको नीतिगत अस्पष्टता र कार्यशैली चित्त नबुझेर माओवादी प्रवेश गरेको बताए । 'माओवादीले निजी स्वार्थभन्दा पनि देश र राष्ट्रियतालाई प्राथमिकता दिएकाले प्रवेश गरेको उनले बताएका छन । एक वर्षअघि २० केन्द्रीय सदस्यसहित राजपामा मिसिएका प्रजातान्त्रिक नेपाल नामक दलका आचार्य सहअध्यक्ष थिए । उनका अनुसार राजपा केन्द्रीय समितिका उत्तम परियार र पूर्वमेयर प्रेमलाल महर्जन पनि माओवादी प्रवेश गरेका छन् । राप्रपा (राष्ट्रवादी) का केन्द्रीय सदस्य मोहन पोखरेल पनि गणतान्त्रिक एकता अभियानमा प्रवेश गरेको आचार्यले बताए । पञ्चायतकालका अञ्चलाधीश सूर्यबहादुर सेनलगायतको समूह 'निष्क्रिय पुराना र नयां राष्ट्रवादी तथा गणतन्त्रवादी'लाई सक्रिय बनाउन जिल्ला दौडाहामा लागेको बताईएको छ ।'पुराना र नयां राष्ट्र तथा गणतन्त्रवादीलाई सक्रिय बनाउन घुमिरहेका छौं,' अभियानका संयोजकसमेत रहेका सेनले भने- 'माओवादीले मात्र गणतन्त्र स्थापना गर्न सक्छ । त्यसैका लागि भोट मागेर हिंडिरहेका छौं । सबै शक्तिलाई संगठित र एकताबद्घ बनाइरहेका छौं ।' उनका अनुसार अभियानमा पूर्वप्रहरी र सैनिक अधिकृतहरू छन् । यसैगरी एमालेका पूर्वसांसद एवं केन्द्रीय सल्लाहकार समिति सदस्य रामचन्द्र भट्टराई माओवादीमा प्रवेश गरेका छन् । देश र जनताको मुक्तिवाहक माओवादी नै हो भनेर प्रवेश गरेको उनले बताए उनले माओवादी विश्व र नेपालका वस्तुगत चुनौती सामना गर्ने एकमात्र सक्षम र सच्चा कम्युनिस्ट भन्ने लागेर प्रवेश गरेको बताए । एमालेमा अझै पनि थुप्रै इमानदार साथीहरूको पंक्ति छ । उहाहरूलाई पनि आउन अनुरोध गर्छु भट्टराईले भने- केही पाउला भनेर आएको पनि होइन । भट्टराई २०२७ सालमा पुष्पलालको कम्युनिस्ट पार्टीबाट राजनीतिमा सक्रिय भएका हुन् । उनी राष्ट्रिय सभा सदस्य जनसांस्कृतिक मञ्चका महासचिव लगायत पदमा बसेका थिए ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment